विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

आज चैत २९, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल १२, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

ट्रम्पकाे व्यङ्ग्य -‘म्याक्रोँले सीको नितम्ब चुमे’

पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले चिनियाँ राष्ट्रपति सी चिनफिङको नितम्बमा चुम्बन गरेको टिप्पणी गरेका छन् । फ्रान्सेली राष्ट्रपतिको हालैको चीन भ्रमण र त्यहाँ रहँदा उनले आफ्ना चिनियाँ समकक्षीसँग गरेको भेटवार्तालाई लिएर पूर्वराष्ट्रपति ट्रम्पले यसरी व्यङ्ग्य गरेका हुन् ।

आफूमाथि फौजदारी अभियोग लागेपछि पहिलो पटक मुख्यधारको मिडिया फक्स न्यूजसँगको एक अन्तर्वार्तामा रिपब्लिकन पार्टीका सम्भावित राष्ट्रपति पदका उम्मेदवार पूर्वअमेरिकी राष्ट्रपतिले ‘म्याक्रोँ आफ्नो मित्र भए पनि उहाँले चीनलाई साथ दिनुभएको छ, उहाँले सीको नितम्ब चुम्बन गर्नुभएको छ, ठिकै छ । फ्रान्स अब चीनको समर्थक भएको छ,’ फ्रान्सेली राष्ट्रपतिको अमेरिकी नीतिमा युरोपेली मुलुकहरू आबद्ध हुन नहुने अभिव्यक्तिप्रति कटाक्ष गर्दै भने । आफू ह्वाइट हाउसबाट बाहिरिएपछि अमेरिकाले संसारबाट आफ्नो प्रभाव गुमाएको पनि उनले बताए ।

चीन भ्रमणबारे पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति म्याक्रोँले ताइवानको विषयलाई लिएर बेइजिङ र वासिङ्टनबीचको द्वन्द्वमा युरोपेली देशहरू फस्न नहुने बताएका थिए । गत साता चीनको राजकीय भ्रमणपछि सार्वजनिक भएको उनको यो अभिव्यक्तिको विश्वभर चर्चा परिचर्चा भइरहेको छ ।

आफ्नै संविधान र सरकार भएको ताइवान एक स्वशासित टापु हो । चीनले यसलाई आफूबाट अलग भएको आफ्नै प्रान्तका रूपमा लिएको छ चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्य भूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ । अमेरिकाले ताइवानलाई आफ्नो रक्षाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।

यसैबीच, फ्रान्सेली राष्ट्रपति म्याक्रोँको ताइवानलाई लिएर युरोपले अमेरिकी नीतिको अनुसरण गर्न नहुने अप्रत्याशित सुझावलाई चीनमा यो सता ‘उज्ज्वल निर्णय’ को रूपमा स्वागत गरिएको छ । चिनियाँ सञ्चारमाध्यम र समाचार र सामाजिक सञ्जालमा उनका स्वतन्त्रत अभिव्यक्तिको प्रशंसा गरिएको छ । उनको ‘रणनीतिक स्वायत्तता’लाई चिनियाँ सञ्चारमाध्यमले उच्च प्राथमिकता दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा सञ्चालित ग्लोबल टाइम्सले सोमबार प्रकाशित गरेको एक टिप्पणीमा राष्ट्रपति म्याक्रोँको स्पष्ट एवम् दीर्घकालीन सोच, वस्तुनिष्ठ एवम् तर्कसङ्गत अभिव्यक्ति युरोपको हितमा रहेको बताएको छ । उनको त्यो अभिव्यक्तिलाई युरोपेलीहरूको वास्तविक आवाजका चित्रण गरिएको छ । ‘युरोपेली सङ्घको रणनीतिक स्वायत्तता र नयाँ शीतयुद्धको प्रतिरोध गर्ने राष्ट्रपतिको भनाई भविष्यमा एक उत्कृष्ट निर्णय साबित हुनेछ,’ टिप्पणीमा भनिएको छ ।

भारत विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने अर्थतन्त्र बन्ने आईएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले भारत विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने अर्थतन्त्र बन्ने प्रक्षेपण गरेको छ ।

आईएमएफले ‘विश्व आर्थिक परिदृश्य’ विषयक प्रतिवेदन सार्वजनिक गर्दै वित्तीय क्षेत्रको उथलपुथल, उच्च मुद्रास्फीति, रुस–युक्रेन युद्ध तथा तीन वर्ष लामो कोरोना महामारीका बाबजुद भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हासिल गर्ने अर्थव्यवस्था हुने प्रक्षेपण गरेको हो ।

आईएमएफले आज जारी गरेको विश्व आर्थिक परिदृश्यमा यसअघि सन् २०२३/२४ मा भारतको आर्थिक वृद्धि ६.१ प्रतिशत हुने प्रक्षेपणलाई संशोधन गर्दै ५.९ प्रतिशतमा सीमित हुने उल्लेख गरिएको छ । आर्थिक वृद्धिको प्रक्षेपणमा उल्लेखनीय गिरावट भए पनि भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हुने अर्थतन्त्रका रूपमा रहने जनाइएको छ ।

चालु आर्थिक वर्षमा भारतको मुद्रास्फीति ४.९ प्रतिशत र अर्को आर्थिक वर्षमा ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । आईएमएफको वृद्धि पक्षेपण भारतीय रिजर्भ बैंक आरबीआईको अनुमानभन्दा कम हो । भारतको केन्द्रीय बैंकले आर्थिक वर्ष २०२२/२३ मा सात प्रतिशत र यसै महिनाको पहिलोदिनदेखि प्रारम्भ भएको चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ६.४ प्रतिशत हुने आकलन गरेको छ ।

सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु

बुधबार बिहान पञ्जाबको भटिन्डा सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु छ ।

बुधबार बिहान भटिन्डा सैनिक शिविरमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको भारतीय सेनाले जनाएको हो ।

सेनाको दक्षिण पश्चिम कमाण्डले जारी गरेको विज्ञप्तिअनुसार बिहान ४ः३५ बजे भटिण्डा सैनिक शिविरमा गोली हानाहान भएको थियो ।

घटनामा चार जनाको मृत्यु भएको जानकारी प्राप्त भएको तथा परिस्थितिलाई नियन्त्रणमा लिन तत्काल प्रतिकार्य टोली सक्रिय गरिएको थियो ।

घटनास्थल र वरपरको क्षेत्रलाई घेराबन्दी गरी घटनामा संलग्नको खोजी भइरहेको छ । घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

म्यानमारमा हवाई आक्रमणबाट एक सय जनाको मृत्यु

म्यानमारमा सेनाको हवाई आक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय पुगेको छ ।

म्यानमारको सेनाको जेट विमानबाट सागिङ क्षेत्रमा गरेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय पुगेको हो ।

सागिङ क्षेत्रमा महिला र बालबालिका सहभागी भएको कार्यक्रममा भएको आक्रमणबाट प्रारम्भिक मृत्यु हुनेको संख्या ५३ पुगेको बताइए पनि पछि स्वतन्त्र सञ्चारमाध्यमहरूले दिएको रिपोर्ट गरेअनुसार यो संख्या एक सय पुगेको हो ।

म्यानमारको वायुसेनाले कार्यक्रम लक्षित गरी हेलिकप्टरबाट बम खसालेको जुन्ता शासनको विरोध गर्न गठन गरिएको राष्ट्रिय एकता सरकार (एनयूजी) का कार्यवाहक अध्यक्ष दुवा लाशी लाले बताए ।

म्यान्मारमा सेनाले सन् २०२१ को फेब्रुअरीमा सत्ता कब्जा गरेदेखि विपक्षीविरुद्ध आक्रमण गर्ने गरेको छ ।

बिहारको बोधगयाको तरकारी बजारमा आगलागी, सयभन्दा बढी पसल नष्ट

बिहारको बोधगयाको तरकारी बजारमा मङ्गलबार बिहान ठूलो आगलागी हुँदा बजारका ११५ पसलहरू जलेर खरानीमा परिणत भएको अधिकारीहरूले बताएका छन् । अत्यधिक तीव्र गतिमा सल्केको आगोले एक्कै छिनमा दर्जनौं पसलहरू जलेर नष्ट ह पारेको स्थानीयले बताएका छन् । ग्यास सिलिन्डर पड्किएपछि आगलागी भएको घटनास्थलमा रहेका स्थानीयले बताएका छन् ।

साथै आगलागीबाट ३७९ हेक्टर जङ्गल, फुटबल मैदान र दर्जनौं घर जलेको बताइएको छ । जलेको घरमा करिब ७० वर्षीय पुरुषको शव फेला परेको छ । त्यैगरी एक जना व्यक्ति भाग्नेक्रममा जलेका थिए । यसैबीच स्थानीय अधिकारीहरूले सयौं बासिन्दा र थुप्रै पर्यटकहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।

खाद्यान्न पसल सञ्चालक मुहम्मद राजुले भनेका छन् –‘आगो यति भीषण थियो कि कसैले निभाउने आँट गरेन र सिलिन्डर विस्फोटपछि त यसले ठूलै क्षति पुर्याभयो । लाखौंको नोक्सानी गरायो ।’

निकैपछि मात्र आगो नियन्त्रणमा लिने प्रयास गरिएको हुनाले क्षति व्यापक भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागीबाट ५ देखि ६ वटा मोटरसाइकल समेत जलेको अधिकारीहरुले जनाएका छन् । सूचना पाएपछि प्रहरी प्रशासन घटनास्थल पुगेको र अनुसन्धान जारी रहेको बताइएको छ ।

‘पाकिस्तान चरम आर्थिक सङ्कटतर्फ उन्मुख’

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले पाकिस्तान चरम आर्थिक सङ्कटतर्फ उन्मुख भएको टिप्पणी गरेको छ । पाकिस्तान तत्काल वित्तीय समस्याबाट पार हुने लक्षण नदेखिएको बताउँदै अमेरिकी अर्थशास्त्री आतिफ मियाले पाकिस्तानलाई एउटा बृहत् आर्थिक ‘प्याकेज’ आवश्यक भएको बताएका छन् ।

पाकिस्तानको सबैभन्दा निकटको मित्र एवम् हितचिन्तक मानिने साउदी अरबले प्रधानमन्त्री शेहबाज सरिफ र उनका दाई नवाज सरिफलाई इद मनाउन आमन्त्रण गरेपनि त्यसले दुई देशबीचको सम्बन्धलाई सुदृढ तुल्याउन मद्दत गर्ने तर आर्थिक सहायता प्राप्त हुन नसक्ने अर्थशास्त्री मियाको टिप्पणी छ ।

साउदी युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी अरबले गत वर्ष तेलको मूल्यमा उच्च वृद्धि भएका बेला व्यापार गरेर कमाएको अतिरिक्त पाकिस्तानका निम्ति उपयोग हुनेमा आर्थिक विश्लेषकहरूले आशङ्का व्यक्त गरेका छन् । विश्लेषक मुसर्रफ जैदीले द न्युज इन्टरनेशनलमा ‘पाकिस्तानले साउदी सहायता प्राप्त गर्ने सम्भावना धेरै कम छ, कथंकदाचित सहयोग भएमा त्यो अस्थायी राहत मात्र हुने’ लेखेका छन् ।

विश्लेषक जैदीका अनुसार अर्थशास्त्री मियाले भनेजस्तो बृहत् आर्थिक प्याकेज पाकिस्तानलाई प्रदान गर्ने अवस्थामा साउदी छैन । विकास एवम् आर्थिक सहायताका ढाँचा परिवर्तन भएका छन् । साउदी शासकहरू पाकिस्तानका अभिजात वर्ग, सैन्य र नागरिकलाई निःशर्त आर्थिक सङ्कटबाट मुक्त गर्ने चाहना पनि गर्दैनन् ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ७ : ५९ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ