उपत्यकामा खानेपानी चुहावटको समस्या कम हुँदै « Khabarhub

उपत्यकामा खानेपानी चुहावटको समस्या कम हुँदै


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुई तीन महिना पहिलेसम्म काठमाडौँका अधिकांश स्थानमा खानेपानीको चुहावटको समस्या देखिन्थ्यो । अहिले त्यो समस्या कम भएको छ । 

मेलम्ची खानेपानी आयोजनाका लागि बिच्छ्याइएको नयाँ पाइप परीक्षणको क्रममा हुँदा पुरानो पाइपबाट पानी वितरण हुँदा चुहावटको समस्या धेरै रहेको थियो । अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चुहावट देखिएका अधिकांश स्थानमा मर्मत गरिरहेकाले समस्या कम भइरहेको देख्न सकिन्छ । अहिले चुहावटलाई पहिलो प्राथमिकतामा राखेर देखिनासाथ मर्मत भइरहेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले बताए। 

उनले भने, ‘कतै चुहावट भयो भन्ने सूचना आउनासाथ सडक विभागको स्वीकृति लिएर मर्मत भइरहेको छ ।’ चुहावट मर्मत छिटो, छरितो गरिएकाले चुहावट कम देखिएको लिमिटेडले जनाएको छ । नयाँ पाइपको परीक्षण भइरहेको र असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी निर्देशनालयले काम गरिरहेको उनले बताए । 

परीक्षण सम्पन्न भएपछि खानेपानी नयाँ पाइप लाइनबाटै वितरण सुरु गरिनेछ । उनले भने, ‘त्यसपछि चुहावटको मात्रा कम भएर पानी बढी दिन सकिने अपेक्षा छ ।’ अहिले उपभोक्ताको घरघरमा दुई दिन बिराएर पानी वितरण भइरहेको उनले बताए। 

निर्देशनालयले पाँच करोड लिटर पानी परीक्षणका लागि प्रयोग गरिरहेकाले उपभोक्ताले कम पानी पाएका हुन् । परीक्षण सकिएपछि १७ करोड लिटर पानी नयाँ प्रणालीमा दिन सकिने उनले बताए । निर्देशनालयले उपत्यकामा पानी वितरणका लागि नयाँ पाइप बिच्छ्याउँदा सँगै १० ठाउँमा ट्यांकी निर्माण गरेको थियो । अहिलेसम्म पुरानो पोखरीबाटै पानी वितरण भइरहेको छ । नयाँ ट्यांकी परीक्षणको क्रममा रहेको उनले बताए । 

मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावटका कारण काठमाडौँ उपत्यकाका धेरै सडकमा क्षति पुगेको थियो । उपत्यकामा पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमा नै चुहावटका कारण सडकमा बढी क्षति पुगेको थियो । खासगरी लैनचौर–महाराजगञ्ज, महाराजगञ्ज–बालाजु, त्रिपुरेश्वर–कलंकी, ताहाचल–छाउनी, नयाँ सडक, कालीमाटी–कलंकी सडकका विभिन्न खण्ड, लगनखेल, कुपण्डोल, कुमारीपाटी, बल्खु, कालीमाटीलगायतका स्थानमा खाल्डाखुल्डी देखिएको थियो । 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ७ : ०४ बजे

समयमै काम नसक्नेसँग ठेक्का तोड्दै सडक विभाग 

काठमाडौँ– सडक विभागले पटकपटक अवधि थप हुँदा पनि सम्पन्न नभएका

सर्पदंश उपचार केन्द्रलाई कोशी प्रदेशको सहयोग

उदयपुर– कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका–३

समयमै जडान भयो कालीपुल–बगरफाँट बेलीब्रिज

म्याग्दी- म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा

भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

चितवन – भरतपुर महानगरपालिकाले दुग्ध कृषकलाई अनुदान रकम हस्तान्तरण गरेको

तरकारी र फलफूलको आजको मूल्य कति?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको