२ करोड प्रकरण मुछिएका ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी रास्वपाको कारवाही « Khabarhub

२ करोड प्रकरण मुछिएका ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी रास्वपाको कारवाही


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले नेता तथा सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको छ ।

बुधबार बसेको पार्टीको बसेको केन्द्रीय समिति बैठकले अनुशासन समितिले गरेको कारवाहीको सिफारीसलाई अनुमोदन गर्दै श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको हो । डा. श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँगको २ करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो ।

त्यस्तै, बैठकले श्रेष्ठलाई सांसद पदबाट पनि हटाउने निर्णय गरेको छ । श्रेष्ठलाई कारवाही गरेसँगै रास्वपाले उनको स्थानमा विन्दवासिनी काशंकारलाई सांसद बनाउने निर्णय गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । बैठकपछि अयोजित पत्रकार सम्मेलनमा लामिछानेले श्रेष्ठले उक्त अडियो आफ्नो भएको स्वीकार नगरेपनि पार्टीले छानबिन गर्दा श्रेष्ठकै अडियो प्रमाणीत भएको बताए ।

त्यसअघि बैठकबाट बाहिरिदै ढाकाकुमार श्रेष्ठले केही महिना पहिलेको अडियो अहिले ल्याएर प्रचार गर्नु पार्टीमाथि प्रहार भएको बताएका थिए । श्रेष्ठले आफू पार्टीको सदस्यबाट पनि बाहिरिएको र न्यायिक प्रक्रियामा गइसकेको उल्लेख गरे ।

केहिदिन अघि श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ८ : ४० बजे

सुदूरपश्चिम सरकारको नीति कार्यक्रम आज प्रस्तुत हुने

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत

बीबीसीद्वारा कर छलेको स्वीकार, भारतलाई बुझायो ६४ करोड 

नयाँ दिल्ली– ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले भारतलाई ६४ करोड रुपैयाँ

‘राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव आउनसक्छ’

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पुरानै नागरिकता विधेयक प्रमाणीकरण गरेको

तीन वर्षअघिको बाढीले अझै झस्काइरहन्छ

ढोरपाटन – बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा २०७७

नागरिकता विधेयक प्रमाणीकरण संविधान प्रतिकूल : सर्वोच्च बार

काठमाडौँ– सर्वोच्च अदालत बार एशोसिएसनले राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण