विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि भारतसँग अनुरोध गर्ने कोशी प्रदेशको निर्णय « Khabarhub

विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि भारतसँग अनुरोध गर्ने कोशी प्रदेशको निर्णय


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मनमोहन विश्वविद्यालय बूढीगङ्गाको आवश्यक पूर्वाधार निर्माणका लागि भारत सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि दुई पक्षबीच समझदारी तय गरी आर्थिक सहयोग उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

यसका साथै सोही विश्वविद्यालयका लागि दुई पक्षीय समझदारीअनुसार विभिन्न विषयका विज्ञ र दक्ष प्रशिक्षक उपलब्ध गराउनसमेत भारत सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ ।

बैठकमा कोरोना प्रकोपको सतर्कताका लागि स्वास्थ्य मन्त्रालयलाई आवश्यक पहलकदमी चाल्न निर्देशन दिने निर्णय भएको सरकारका प्रवक्ता सिटौलाले बताए । बैठकले प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय नियमावली, २०७९ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ९ : १६ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी