एमाले केन्द्रीय समिति बैठकमा आज बाँकी प्रदेश कमिटीको प्रतिवेदन पेस गरिने | Khabarhub Khabarhub

एमाले केन्द्रीय समिति बैठकमा आज बाँकी प्रदेश कमिटीको प्रतिवेदन पेस गरिने


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ ।

हिजो सुरु भएको केन्द्रीय समिति बैठक भोलि सकिनेछ । बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले छलफलका लागि अजेन्डा पेस गरेका थिए ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन बिस्टका अनुसार हिजो पेस गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिनेछ  । ‘आज गण्डकीबाट पद्मा अर्याल, बाग्मतीबाट गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ आफ्नो क्षेत्रको प्रतिवेदन पेस गर्नेछन्,’ उनले भने, ‘उक्त प्रतिवेदनमाथि समूह विभाजन गरी छलफल गरिनेछ, समूह छलफल पछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव प्रस्तुत गर्नु हुनेछ ।’

सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, अनुशासन आयोगका प्रमुख केशव बडाल, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले हिजै आ– आफ्नो क्षेत्रको प्रतिवेदन प्रस्तुत गरिसकेका छन् ।

यसैगरी, मिसन ग्रास रुटका बारेमा पाँच वटा प्रदेश प्रमुखले प्रतिवेदन पेस गरेका थिए । जसअनुसार सुदूरपश्चिमबाट लेखराज भट्ट, कर्णालीबाट योगेश भट्टराई, लुम्बिनीबाट छविलाल विश्वकर्मा, मधेसबाट रघुवीर महासेठ र कोसी प्रदेशबाट राजेन्द्र गौतमले आ-आफ्नो प्रदेशको रिपोट प्रस्तुत गरेका थिए ।

बाँकी रहेका प्रदेश कमिटीहरूले आज आ आफ्नो प्रतिवेदन पेस गर्नेछन् ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ६ : ४० बजे

सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित र विकासशील

मोटरसाइकलको ठक्करबाट सर्लाहीमा एक महिलाको मृत्यु

सर्लाही – सर्लाहीको विष्णु गाउँपालिकामा भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट

ग्रान्डी अस्पतालमा क्षयरोग उपचार केन्द्रको स्थापना

काठमाडौं। धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स)को स्थापना

शिक्षकहरुसंग भएको सहमतिअनुसार कानून निर्माण गर्न सहयोग गर्छौ : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले जनसवालका विषयदेखि शान्ति सुरक्षासम्मका बिषयमा सरकारको

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

 दिनभर आजमा नेपाल र चीनबीच १३ बुँदे सम्झौता र समझदारी,