भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता शनिबारदेखि  « Khabarhub

भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता शनिबारदेखि 


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – झापाको बेलडांगीमा शनिबारदेखि भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुने भएको छ। नक्षत्र फाउण्डेसनको निर्माण तथा प्रस्तुतिमा भुटानी शरणार्थी शिविर भित्रै प्रतियोगिता हुन लागेको हो ।

फाउण्डेसनका अध्यक्ष अर्जुन सुवेदीका अनुसार प्रतियोगिताले प्रतिभा भएका तर ओझेलमा परेका प्रतिभाहरूको खोजी गर्ने उद्देश्य राखेको छ । जसमा डिजिटल अडिसन दिएका ७० जनामध्ये २० जना छानिएका छन्।

शनिबार ती २० जनाले प्रस्तुति दिनेछन् । जसको निर्णायकमा कर्म ग्यालजन बम्जन, महेश थुलुङ, किशोर शिवाकोटी, सृष्टी हिङमाङ, बलराम समाल मगर रहेका छन्। कार्यक्रममा पहिलो भुटनिज गायक प्रताप सुब्बाको पनि उपस्थिति रहनेछ ।

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने प्रतियोगीले नगद ५ लाख, द्वितीय हुनेले ३ लाख र तेस्रो स्थान हासिल गर्नेले १ लाख र चौथो स्थान हासिल गर्नेले ५० हजार नगद प्राप्त गर्नेछन् ।

त्यस्तै विजेताहरू सबैलाई आयोजक संस्था नक्षत्र फाउण्डेसनले म्यूजिक भिडियो निर्माण गरिदिनेछ। कार्यक्रमलाई अमेरिकन भुटनिज म्यूजिक एशोसियशन (बामा) र डिस्काको पनि सहयोग रहेको छ। १५ वर्ष भन्दा माथिका प्रतियोगीहरु सहभागी हुने प्रतियोगिताको निर्देशन गायक कमल राईले गर्दैछन्।

कार्यक्रमको स्थानीय आयोजकको रुपमा बेलडांगी नाट्य परिवार रहेको छ। प्रतियोगिताको फाइनल जुलाईमा हुने बेलडांगी नाट्य परिवारका अध्यक्ष जंग मगरले जानकारी दिए। कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजन इटहरीबाट हुनेछ । त्यस्तै कार्यक्रम नक्षत्र फाउण्डेसनको युट्युव च्यानलमा पनि हेर्न सकिनेछ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ११ : २२ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक