पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर  « Khabarhub

पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर 


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

बनियानी– झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबरको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए । 

यस नाकाबाट सोही अवधिमा १६ अर्ब तीन करोड १७ लाख तीन हजार बराबरको विभिन्न वस्तु निर्यात भएको छ । निर्यातको तुलनामा आयात दोब्बरभन्दा बढी रहे पनि राजस्व संकलनको लक्ष्यसमेत पूरा नभएको कार्यालयले जनाएको छ । सरकारले तोकेको लक्ष्यको तुलनामा कार्यालयले ७१ दशमलव २४ प्रतिशत राजस्व संकलन  गरेको छ । उक्त अवधिमा १४ अर्ब ८४ करोड ५८ लाख ६७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा १० अर्ब ४३ करोड २९ लाख ५७ हजार राजस्व संकलन भएको सूचना अधिकारी लम्सालले बताए ।

उक्त नाकाबाट आयात हुने मुख्य १० वस्तुमध्ये चालू आवको चैत मसान्तसम्म सबैभन्दा धेरै १४ अर्ब ५० करोड ३३ लाख बराबरको हवाई स्प्रिट आयात भएको छ । त्यस्तै जुट दुई अर्ब ९६ लाख ४१ लाख, प्राकृतिक ग्यास दुई अर्ब तीन करोड ९८ लाख, भटमासको पिना एक अर्ब ६० करोड २९ लाख, तरकारी एक अर्ब ४४ करोड ८३ लाख, जिप्सन ९८ करोड १९ लाख, कोइलाजन्य पदार्थ ९५ करोड ५६ लाख, दाल ८४ करोड ४१ लाख, कपडा ८२ करोड ३९ लाख र अल्किड रेजिन र अन्य पिभिसी रेजिन ८० करोड ५५ लाखको आयात भएका सोही कार्यालयका कर्मचारी चन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

सो अवधिमा काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये सबैभन्दा धेरै छ अर्ब ३३ करोड ७१ लाख बराबरको अलैँची निर्यात भएको छ । फलामजन्य सामग्री दुई अर्ब ९८ करोड ९९ लाख, चिया दुई अर्ब ६६ करोड ५४ लाख, प्लाइउड एक अर्ब २९ करोड ४६ लाख, अम्रिसो  ७२ करोड ९० लाख, अदुवा ४३ करोड ५२ लाख, पशु आहार ४० करोड ९५ लाख, धाउ, धतुमुल र खरानी २८ करोड ८४ लाख, दलहन २७ करोड ४६ लाख र पशु आहारको कच्चा पदार्थ २१ करोड ३७ लाख बराबरको निर्यात भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १२ : ३२ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम