सभापति देउवाद्वारा पुरुषोत्तम बस्नेतको निधनप्रति दुःख व्यक्त « Khabarhub

सभापति देउवाद्वारा पुरुषोत्तम बस्नेतको निधनप्रति दुःख व्यक्त


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य, पार्टीका पूर्व आमन्त्रित केन्द्रीय सदस्य पुरुषोत्तम बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, कांग्रेसका धरोहर बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान ४ बजे सिफल हाइट, काठमाडौँमा निधन भएको हो । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् । 

लेखक तथा साहित्यकार बस्नेतको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै सभापति देउवाले कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा उनले पुर्‍याएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताए। उनको निधनबाट कांग्रेसले बहुआयमिक व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका पूर्वसभापतिसमेत रहेका बस्नेत हाल जननायक बीपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष थिए । राजनीतिकर्मी, साहित्यकार, सम्पादक र समाजसेवी बस्नेत बहुआयमिक व्यक्तित्वको धनी थिए ।

लामो समयसम्म कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ प्रकाशन गरेका बस्नेतले ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ भाग एक र दुई जस्ता महत्वपूर्ण कृति लेखेका छन् । गोरखापत्र संस्थानको पूर्व कार्यकारी अध्यक्ष समेत रहेका बस्नेतले धेरै साहित्यिक पत्रपत्रिकाको सम्पादन गरेका थिए । लामो समयसम्म कांग्रेसको प्रेस प्रमुख र पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेर उनले कुशलतापूर्वक कार्य गरेका थिए ।

कांग्रेसको इतिहासका जानकार बस्नेतले राजनीतिक जीवन यात्राका विभिन्न समयमा नौ वर्ष जेल जीवनसमेत व्यतीत गरेका थिए। उनी अत्यन्त शालीन, सादगी र सरल व्यक्तित्वको रुपमा परिचित थिए । नेपालको राजनीतिक एवं सामाजिक रूपान्तरणको अभियानमा संलग्न रहँदै गर्दा अविवाहित रहेर सामेल भए। उनको निधनबाट कांग्रेसले एक असल, अनुभवी, इतिहासका जानकार व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको जनाएको छ ।

आजै अपराह्न २ बजे उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी कार्यालयले जनाएको छ । स्व बस्नेतप्रति सम्मान प्रकट गर्दै बैशाख २९, ३० र ३१ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसैगरी वैशाख ३१ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने कार्यक्रम निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  २ : ३८ बजे

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस

गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न