विमान चालकले ककपिटमा साथीलाई प्रवेश दिएपछि ‘एअर इन्डिया’लाई जरिवाना « Khabarhub

विमान चालकले ककपिटमा साथीलाई प्रवेश दिएपछि ‘एअर इन्डिया’लाई जरिवाना


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतको उड्डयन नियामक निकायले शुक्रबार ‘एयर इन्डिया’लाई ३० लाख भारतीय रूपैँया (३६ हजार ४९६ अमेरिकी डलर) जरिवाना गरेको छ ।

भारतीय निजी एयरलाइन्स ‘एअर इन्डिया’ का विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न दिएर सुरक्षा मापदण्ड उल्लङ्घन गरेको पाइएको हो ।

भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार दुबई–दिल्ली उडानका चालक दलका सदस्यले फेब्रुअरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान गरिएको थियो । डीजीसीएले पाइलटको लाइसेन्स पनि तीन महिनाका लागि निलम्बन गरेको छ ।

उजुरीका आधारमा डीजीसीएले गत महिना निजी एयरलाइन्सलाई कारण देखाउ आदेह जारी गरेको थियो । अनुसन्धानको क्रममा डीजीसीएले पाइलटलाई सुरक्षा मापदण्ड उल्लङ्घन गरेकोमा दोषी ठहर गरेको थियो र सबै सह–चालकलाई उल्लङ्घन रोक्न दृढ बन्न निर्देशन पनि दिएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ९ : २५ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा