गण्डकीमा प्रादेशिक सडकको गुरुयोजना निर्माण गरिँदै « Khabarhub

गण्डकीमा प्रादेशिक सडकको गुरुयोजना निर्माण गरिँदै


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गण्डकी प्रदेश सरकारले सडक व्यवस्थित गर्न प्रदेश मातहत रहेका सडकहरूको गुरुयोजना बनाउने भएको छ ।

प्रादेशिक सडकहरूको गुरुयोजनापछि सडक पूर्वाधार निर्माणको योजना तथा मर्मतसम्भारका लागि सहयोगी हुने भौतिक पूर्वाधार विकास तथा यातायात व्ययवस्था मन्त्रालयले जनाएको छ । प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले आज मन्त्रालयमा पदभार ग्रहण गर्दै प्रादेशिक सडक सञ्जालको गुरुयोजना बनाउनका लागि प्राविधिक समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे ।

पूर्वाधार विकास निर्देशनालयका निर्देशक राम पराजुलीको संयोजकत्वमा रहेको समितिले अध्ययन गरेर दुई महिनाभित्र गुरुयोजनाको खाका मन्त्रालयमा बुझाउनेछ । समितिमा मन्त्रालयका योजना हेर्ने महानिर्देशक तथा जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुखहरू सदस्य रहने मन्त्रालयका सचिव इन्जिनियर तुलसीराम भट्टराईले बताए ।

प्रादेशिक सडकहरूलाई व्यवस्थित गर्नका लागि गुरुयोजना बनाउन लागिएको सचिव भट्टराईले बताए । सडक निर्माण, मर्मत, सुधार, स्तरोन्नति तथा यातायातको पहुँचको अवस्था र पुनर्निर्माण गर्नुपर्ने सडकको माग सङ्कलन, सडक यातायातसँग सम्बन्धित आवश्यक सेवा तथा सुविधाका लागि गुरुयोजनाले सहयोग पुग्ने बताइन्छ ।

सचिव भट्टराईले भने, “प्रदेश सरकारअन्तर्गत रहेका प्रादेशिक सडक सञ्जालको गुरुयोजना निर्माणका लागि प्राविधिक समिति गठन गर्ने दीर्घकालीन महत्त्वको निर्णय गरेका छौँ । गुरुयोजनापछि प्रदेशभित्रको सडक तथा यातायात क्षेत्रको योजना बनाउन, सडक मर्मतसम्भार तथा प्राथमिकीकरणका लागि सहयोग पुग्नेछ ।”

पदबहालीपछि मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै मन्त्री जुग्जालीले जनताका आवश्यकतालाई पूरा गर्ने गरी विकास निर्माण अघि बढाइने बताए । पूर्वाधार क्षेत्रको विकासबाट मात्र देशको समृद्धि हुने भएकाले भौतिक पूर्वाधार मन्त्रालयको ठूलो जिम्मेवारी रहेकाले इमानदारीपूर्वक काम गर्न उहाँले कर्मचारीहरूलाई निर्देशन दिए ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १० : २५ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा