नरिवल पानीका फाइदा | Khabarhub Khabarhub

नरिवल पानीका फाइदा


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : नरिवलको पानी सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। बजारका हरेक जुस तथा फलफूल पसलमा यो गर्मीमा धेरै मान्छेले नरिवल पानी खाएको देखिन्छ।

नरिवलको पानीमा भिटामिन ‘बी’ पर्याप्त मात्रामा पाइन्छ। नरिवलले शरीरमा पानीको कमी हुन नदिई छालालाई स्वस्थ, मुलायम र चम्किलो राख्न मद्दत गर्ने भएकोले पनि नरिवल पानी खानुपर्ने चिकित्सक बताउँछन्।

नरिवल पानीमा एन्टी अक्सिडेन्ट, एमिनो एसिड, इन्जाइम, बी कम्प्लेक्स, भिटामिन सी र अन्य तत्त्व पाइन्छ। त्यसैले यो बच्चा, गर्भवतीदेखि वृद्ध, वृद्धा सबै उमेरका मानिसलाई फाइदाजनक मानिन्छ। नरिवल पानीमा गुलियो स्वाद पाउनका साथै प्रशस्त मात्रामा भिटामिन, मिनरल्स, एमिनो एसिड लगायतका विभिन्न पोषण तत्त्वहरू पाइन्छ।

बुँदामा नरिवल पानीका फाइदा
– नरिवलको पानी सेवनले शरीरमा रक्तसञ्चार राम्रो बनाउन मद्दत गर्छ।
– पाचन प्रणाली दुरुस्त वा स्वस्थ राख्न नरिवलको पानी खान सकिन्छ।
– नरिवलको पानीको सेवनले शरीरमा पानीको मात्रा कम हुन दिँदैन।
– नरिवलको पानी कम क्यालोरी भएको पेय पदार्थ हुनाले वजन घटाउन समेत मद्दत गर्छ।
– नरिवल पानीको दैनिक सेवनले मिर्गौलाको पत्थरी हुन दिँदैन।
– नरिवल पानीको सेवनले कपाललाई पोषण दिएर नरम र चम्किलो बनाउँछ।
– नरिवलको पानी कब्जियत, मुटुको समस्या र पाचन प्रणालीमा हुने समस्या निराकरणका लागि प्रयोग गर्न सकिने हुनाले यसको प्रयोगले गर्भवती महिलामा हुनसक्ने ती समस्याबाट छुटकारा पाउन मद्दत गर्छ।
– नरिवल पानीमा भएको भिटामिन सी, पोटासियम र म्याग्नेसियमले उच्च रक्तचाप नियन्त्रण राख्न मद्दत गर्छ।
– नरिवल पानीले हड्डीलाई मजबुत र स्वस्थ राख्न मद्दत गर्दछ।
– कोलेस्ट्रोल र फ्याट फ्री हुने भएकोले मुटुलाई स्वस्थ राख्नको लागि नरिवल पानी उपयोगी हुन्छ।
– नरिवल पानीको नियमित सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता बढ्नका साथै अन्य कयौँ प्रकारका रोग लाग्नबाट बच्न सकिन्छ।
– नरिवल पानीमा पाइने तत्त्वले माइग्रेनको दुखाई कम गर्न मद्दत गर्दछ।
– नरिवल पानी पिउने गर्दा छाला नरम, मुलायम र चम्किलो बनिरहन्छ।
– नरिवलको पानीको सेवनले सुगरको मात्रालाई समेत नियन्त्रण गर्न मद्दत गर्छ।
– नरिवलको पानीले शरीरमा शीतलता प्रदान गर्छ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ६ : ५६ बजे

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका

बीपी राजमार्ग भोलिदेखि चौबीसै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक– यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा

विदेशमा रहेका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले एक खर्ब

देशभर मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल