नरिवल पानीका फाइदा « Khabarhub

नरिवल पानीका फाइदा


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : नरिवलको पानी सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। बजारका हरेक जुस तथा फलफूल पसलमा यो गर्मीमा धेरै मान्छेले नरिवल पानी खाएको देखिन्छ।

नरिवलको पानीमा भिटामिन ‘बी’ पर्याप्त मात्रामा पाइन्छ। नरिवलले शरीरमा पानीको कमी हुन नदिई छालालाई स्वस्थ, मुलायम र चम्किलो राख्न मद्दत गर्ने भएकोले पनि नरिवल पानी खानुपर्ने चिकित्सक बताउँछन्।

नरिवल पानीमा एन्टी अक्सिडेन्ट, एमिनो एसिड, इन्जाइम, बी कम्प्लेक्स, भिटामिन सी र अन्य तत्त्व पाइन्छ। त्यसैले यो बच्चा, गर्भवतीदेखि वृद्ध, वृद्धा सबै उमेरका मानिसलाई फाइदाजनक मानिन्छ। नरिवल पानीमा गुलियो स्वाद पाउनका साथै प्रशस्त मात्रामा भिटामिन, मिनरल्स, एमिनो एसिड लगायतका विभिन्न पोषण तत्त्वहरू पाइन्छ।

बुँदामा नरिवल पानीका फाइदा
– नरिवलको पानी सेवनले शरीरमा रक्तसञ्चार राम्रो बनाउन मद्दत गर्छ।
– पाचन प्रणाली दुरुस्त वा स्वस्थ राख्न नरिवलको पानी खान सकिन्छ।
– नरिवलको पानीको सेवनले शरीरमा पानीको मात्रा कम हुन दिँदैन।
– नरिवलको पानी कम क्यालोरी भएको पेय पदार्थ हुनाले वजन घटाउन समेत मद्दत गर्छ।
– नरिवल पानीको दैनिक सेवनले मिर्गौलाको पत्थरी हुन दिँदैन।
– नरिवल पानीको सेवनले कपाललाई पोषण दिएर नरम र चम्किलो बनाउँछ।
– नरिवलको पानी कब्जियत, मुटुको समस्या र पाचन प्रणालीमा हुने समस्या निराकरणका लागि प्रयोग गर्न सकिने हुनाले यसको प्रयोगले गर्भवती महिलामा हुनसक्ने ती समस्याबाट छुटकारा पाउन मद्दत गर्छ।
– नरिवल पानीमा भएको भिटामिन सी, पोटासियम र म्याग्नेसियमले उच्च रक्तचाप नियन्त्रण राख्न मद्दत गर्छ।
– नरिवल पानीले हड्डीलाई मजबुत र स्वस्थ राख्न मद्दत गर्दछ।
– कोलेस्ट्रोल र फ्याट फ्री हुने भएकोले मुटुलाई स्वस्थ राख्नको लागि नरिवल पानी उपयोगी हुन्छ।
– नरिवल पानीको नियमित सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता बढ्नका साथै अन्य कयौँ प्रकारका रोग लाग्नबाट बच्न सकिन्छ।
– नरिवल पानीमा पाइने तत्त्वले माइग्रेनको दुखाई कम गर्न मद्दत गर्दछ।
– नरिवल पानी पिउने गर्दा छाला नरम, मुलायम र चम्किलो बनिरहन्छ।
– नरिवलको पानीको सेवनले सुगरको मात्रालाई समेत नियन्त्रण गर्न मद्दत गर्छ।
– नरिवलको पानीले शरीरमा शीतलता प्रदान गर्छ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ६ : ५६ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई