कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक : मन्त्री शर्मा « Khabarhub

कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक : मन्त्री शर्मा


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णाली कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्र वीरेन्द्रनगर सुर्खेतद्वारा आइतबार आयोजित ‘पशुपन्छी औषधि व्यवसायीको लागि ३५ दिने औषधि व्यवस्थापनसम्बन्धी तालिम’ शुभारम्भ गर्दै उनले यहाँको कृषि र पशु क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी जरुरी छ भने । 

मन्त्री शर्माले भने, ‘माथिल्लो क्षेत्रमा चौँरी च्याङ्ग्रा भेडा तथा बाख्रा कार्यक्रमको प्रवर्द्धन र पशुको स्वास्थ्य सेवामा निजी लगानी हुनुपर्दछ । स्थानीय तहमा हुने कृषि तथा पशु क्षेत्रमा गरिने औषधोपचार पद्धति र सिफारिसमा प्रदेश सरकारको चासो भएकाले यसको व्यवस्थापनमा र नियमन गर्ने तालिमको मुख्य उद्देश्य हो ।’

नागरिकको सेवामा सहज र सरल बनाउन तालिम उपलब्धिमूलक हुने उनले विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ६ : ५६ बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस