यू–२० विश्वकप फुटबलको उपाधि उरुग्वेलाई « Khabarhub

यू–२० विश्वकप फुटबलको उपाधि उरुग्वेलाई


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा यू–२० विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ ।  उरुग्वेको यो पहिलो यू–२० विश्वकप उपाधि हो ।

अर्जेन्टिनामा आज बिहान भएको फाइनल खेलमा इटलीलाई १–० गोलले हराउँदै उरुग्वेले उपाधि जितेको हो । 

उरुग्वेका लुसियानो रोड्रिगेजले एक गोल गरेका थिए । निकै रोचक र प्रतिस्पर्धात्मक रहेको उक्त खेल पहिलो हाफ बराबरीमा रोकिएको थियो । तर खेलको ८६औँ मिनेटमा रोड्रिगेजले गोल गर्दै उरुग्वेलाई उपाधि दिलाए । 

उरुग्वे यसअघि दुई पटक फाइनलमा पुगे पनि उपाधि उचाल्न पाएको थिएन । उरुग्वेको जितसँगै पहिलो पटक यू–२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उपविजेतामा सीमित भएको छ ।

अहिलेसम्म यू–२० विश्वकपको उपाधि धेरै पटक अर्जेन्टिनाले जितेको छ । अर्जेन्टिनाले ६ पटकसम्म उपाधि प्राप्त गर्दा दोस्रो स्थानमा रहेको ब्राजिलले ५ पटक जित हासिल गरेको छ । 

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ७ : १२ बजे

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी