मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली फिलिपिन्स प्रस्थान  « Khabarhub

मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली फिलिपिन्स प्रस्थान 


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४औँ संस्करणको साफ च्याम्पियन अघिको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली फिलिपिन्स प्रस्थान गरेको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजो नै नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको थियो ।

साफ च्याम्पियनसिपको तयारी स्वरूप नेपालले फिलिपिन्ससँग उसकै मैदानमा बिहीबार मैत्रीपूर्ण खेल खेल्ने छ । सो खेल सकिएपछि शुक्रबार टोली त्यतैबाट भारत प्रस्थान गर्नेछ ।

साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म भारको बेंगलुरुमा हुँदैछ । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान छन् । यस्तै, समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । 

साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच नेपाली समयअनुसार असार ६ गते अपराह्न पौने ४ बजे प्रतिस्पर्धा सुरु हुनेछ । त्यसपछि नेपालले असार ९ गते भारत र असार १२ गते पाकिस्तानसँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ८ : ०४ बजे

कांग्रेस महाधिवेशनमा आजेदखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद