मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली फिलिपिन्स प्रस्थान  « Khabarhub

मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली फिलिपिन्स प्रस्थान 


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४औँ संस्करणको साफ च्याम्पियन अघिको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली फिलिपिन्स प्रस्थान गरेको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजो नै नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको थियो ।

साफ च्याम्पियनसिपको तयारी स्वरूप नेपालले फिलिपिन्ससँग उसकै मैदानमा बिहीबार मैत्रीपूर्ण खेल खेल्ने छ । सो खेल सकिएपछि शुक्रबार टोली त्यतैबाट भारत प्रस्थान गर्नेछ ।

साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म भारको बेंगलुरुमा हुँदैछ । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान छन् । यस्तै, समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । 

साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच नेपाली समयअनुसार असार ६ गते अपराह्न पौने ४ बजे प्रतिस्पर्धा सुरु हुनेछ । त्यसपछि नेपालले असार ९ गते भारत र असार १२ गते पाकिस्तानसँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ८ : ०४ बजे

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका