मैले प्रस्तुत गरेको तीन घण्टाको बजेटबारे केपी ओलीले दुई घण्टा आफ्नो कुरा राख्नुभयो : डा महत « Khabarhub

मैले प्रस्तुत गरेको तीन घण्टाको बजेटबारे केपी ओलीले दुई घण्टा आफ्नो कुरा राख्नुभयो : डा महत


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्यय वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बजेटमाथिको छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिइरहेका छन् ।

छलफलमा १५० जना सहभागी भएका थिए । त्यसमध्ये एक प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि हुन् । छलफलमा भाग लिँदा उनले करिब दुई घण्टा समय लिएका थिए । यसलाई अर्थमन्त्री महतले सकारात्मक रुपमा लिएको बताए ।

बजेटमा सांसदहरूले गरेको बहसले आफूलाई मिलेको हौसलाले अर्जुन दृष्टिका साथ काम गर्ने प्रेरणा मिलेको बताएका उनले बजेटमा महत्वपूर्ण कुरा रहेको प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीले लिएको समयले पुष्टि गर्ने बताए ।

‘विपक्षी दलका नेता केपी शर्मा ओलीले मैले प्रस्तुत गरेको तीन घण्टाको प्रस्तुतिमा उहाँले दुई घण्टा आफ्नो कुराहरू राख्नुभयो । यसबाट मैले के महसुस गरेको छु भने यो बजेटमा केही महत्त्वपूर्ण कुरा छन् । यसले केही नयाँ कुराहरूलाई अगाडि बढाउन कोसिस गरेको छ । होइन भने स्वयम् विपक्षी दलको नेता उभिएर दुई दुई घण्टा समय दिनुहुन्नथ्यो । त्यस अर्थमा मलाई खुसी लागेको छ,’ मन्त्री महतले भने ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  २ : ४५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी