मैले प्रस्तुत गरेको तीन घण्टाको बजेटबारे केपी ओलीले दुई घण्टा आफ्नो कुरा राख्नुभयो : डा महत « Khabarhub

मैले प्रस्तुत गरेको तीन घण्टाको बजेटबारे केपी ओलीले दुई घण्टा आफ्नो कुरा राख्नुभयो : डा महत


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्यय वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बजेटमाथिको छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिइरहेका छन् ।

छलफलमा १५० जना सहभागी भएका थिए । त्यसमध्ये एक प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि हुन् । छलफलमा भाग लिँदा उनले करिब दुई घण्टा समय लिएका थिए । यसलाई अर्थमन्त्री महतले सकारात्मक रुपमा लिएको बताए ।

बजेटमा सांसदहरूले गरेको बहसले आफूलाई मिलेको हौसलाले अर्जुन दृष्टिका साथ काम गर्ने प्रेरणा मिलेको बताएका उनले बजेटमा महत्वपूर्ण कुरा रहेको प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीले लिएको समयले पुष्टि गर्ने बताए ।

‘विपक्षी दलका नेता केपी शर्मा ओलीले मैले प्रस्तुत गरेको तीन घण्टाको प्रस्तुतिमा उहाँले दुई घण्टा आफ्नो कुराहरू राख्नुभयो । यसबाट मैले के महसुस गरेको छु भने यो बजेटमा केही महत्त्वपूर्ण कुरा छन् । यसले केही नयाँ कुराहरूलाई अगाडि बढाउन कोसिस गरेको छ । होइन भने स्वयम् विपक्षी दलको नेता उभिएर दुई दुई घण्टा समय दिनुहुन्नथ्यो । त्यस अर्थमा मलाई खुसी लागेको छ,’ मन्त्री महतले भने ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  २ : ४५ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ