बजेटमा अर्थतन्त्रका विद्यमान चुनौतीको गहिरो र वस्तुगत समीक्षा गरिएको छ : अर्थमन्त्री महत | Khabarhub Khabarhub

बजेटमा अर्थतन्त्रका विद्यमान चुनौतीको गहिरो र वस्तुगत समीक्षा गरिएको छ : अर्थमन्त्री महत


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा अर्थतन्त्रका विद्यमान चुनौतीहरुको गहिरो र वस्तुगत समीक्षा गरिएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीलाई सम्बोधन गर्ने गरी अर्थतन्त्रलाई गतिशिल बनाउन बजेटमा जोड दिइएको उल्लेख गरे । उनले पुँजीगत खर्च कम हुनुका कारणहरू पहिचान गरी समाधानका उपाय निकालिएको, सार्वजनिक खर्चको मितव्ययितामा जोड दिइएको दाबी गरे ।

उनले आर्थिक सुधार र निजी लगानी प्रवद्र्धनका लागि नीतिगत सुधारको घोषणा गरिएको, डिजिटल र हरित अर्थतन्त्रमा जोड दिइएको उल्लेख गरे । बजेटमार्फत नवप्रवर्तनमा जोड दिएको, उत्पादन र रोजगारीलाई उच्च प्राथमिकता दिई कार्यक्रमहरु ल्याइएको उनको भनाइ छ । बजेटमा निर्माणाधिन ठूला पूर्वाधार आयोजनालाई निरन्तरता दिइएको, राजस्वको आधार विस्तार गरिएको, कर छुटलाई घटाइएको, करका दर सामयिक परिमार्जन गरिएको र कर प्रशासनको प्रणालीगत सुधारमा जोड दिइएको बताए ।

सो अवसरमा अर्थमन्त्री डा महतले वातावरणीय हिसाबले उपयुक्त देखिएमा मात्रै अवस्थामा मात्र ढुङ्गा गिट्टी निर्यात गर्ने पनि बताए । उनले प्राकृतिक स्रोतलाई उपयोग गरी मौद्रिकीकरण गर्ने सम्भाव्यता अध्ययन गरी निर्यातका आधार तयार गर्न खोजिएको स्पष्ट पारे । तर वातावरणीय पक्षलाई उपेक्षा नगरी वातावरणीय सन्तुलनलाई कायमै राखेर काम गरिने उनको भनाइ छ ।

“चुरेलाई नै भत्काएर निर्यात गर्न खोजेको जसरी व्याख्या गरिएको छ, तर वातावरणीय दृष्टिले निर्यात गर्न मिल्ने मात्रै निर्यात हुन्छ”, उनले भने, “भुटानले पनि त निर्यात गरिरहेको छ भने अष्ट्रेलियामा पनि ठूला–ठूला खानी उत्खनन्  भइरहेका छन्”, उनले भने ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ३ : ०६ बजे

कार्यकर्ता पोस्न पठाएको भन्दै बूढीगंगाले फर्काइदियो प्रदेश सरकारका विकासे योजना

धनगढी– योजनाका लागि हानथाप छ । कुन पालिकाले कति योजना वा

फास्ट ट्रयाक निर्माणको समयावधि थपिने

काठमाडौं– काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको समयावधि थपिने भएको छ

चिनियाँ मन्त्रीको टोलीले गर्यो भक्तपुरको अवलोकन भ्रमण

भक्तपुर– जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनजाति मामिला आयोगका मन्त्री फान

छैटौँ मधानी महोत्सव मौलापुरमा सुरु

रौतहट– मौलापुर नगरपालिकाद्धारा आयोजित छैटौँ मधानी महोत्सव औपचारिक रूपमा आजदेखि

पाकिस्तानको रावलपिण्डीमा खडेरी

काठमाडौं– पाकिस्तानको रावलपिण्डी शहरमा पानीको चरम संकट देखा परेको छ