माग पूरा नभए असार २ गतेदेखि विद्यालय बन्द गर्न आन्दोलनरत कर्मचारीको चेतावनी « Khabarhub

माग पूरा नभए असार २ गतेदेखि विद्यालय बन्द गर्न आन्दोलनरत कर्मचारीको चेतावनी


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विभिन्न माग राख्दै आन्दोलनरत सामुदायिक विद्यालयका कर्मचारीले आफ्ना माग पूरा नभए असार २ गतेदेखि विद्यालय नै बन्द गर्ने चेतावनी दिएका छन् ।

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका कर्मचारीले असार १ गतेसम्ममा आफूहरुको माग पूरा नभए असार २ गतेदेखि विद्यालय नै बन्द गर्ने चेतावनी दिएका हुन् ।

न्यूनतम पारिश्रमिकसहित संघीय शिक्षा ऐन जारी गर्नुपर्ने र शिक्षकहरूको सेवा सुविधा बढाउनुपर्ने माग राखेर रिले अनशन थालेका कर्मचारीले सरकारलाई विद्यालय नै बन्द गर्ने चेतावनी दिएका हुन् ।

सोमबारदेखि काठमाडौंको भद्रकालीमा नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिमा आबद्ध कर्मचारीले रिले अनशन सुरु गरेका छन् ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ४ : ३८ बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक