गेटामा निर्माणाधीन संरचनालाई विश्वविद्यालय बनाउनुपर्छ : कांग्रेस नेता महर « Khabarhub

गेटामा निर्माणाधीन संरचनालाई विश्वविद्यालय बनाउनुपर्छ : कांग्रेस नेता महर


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले गेटामा निर्माणाधीन संरचनालाई विश्वविद्यालयका रूपमा अगाडी बढाउनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य महरले गेटामा दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न सके नेपालको गौरवको विषय बन्ने धारणा व्यक्त गरे ।

गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण भए सुदूरपश्चिमका जनतालेमात्र नेपालका साथै भारतका जनताले पनि उपचार पाउने बताए ।

‘अहिले हाम्रा सुदूरपश्चिमका दाजुभाइ दिदीबहिनीहरूले उपचारका लागि भारत धाउनुपर्ने अवस्था छ । हामीले विश्वविद्यालय निर्माण गरेर गेटामै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सके भारतका जनता पनि नेपाल आउने छन् । जसरी गेटा आँखा अस्पतालमा उपचार गर्न आउँछन्, त्यसरी नै त्यहाँ पनि आउने छन्। यसले यसै क्षेत्रको विकास हुने हो’ उनले भने । यो मेडिकल पर्यटनका रूपमा पनि अगाडि बढ्ने उनको दाबी छ ।

विश्वविद्यालय निर्माण भए आसपास प्रदेशका जनताको स्वास्थ्यवस्था सुधारिने, छिमेकी देश भारतबाटसमेत पढ्न आउने, उपचार गर्न आउने मानिसहरूको संख्या बढ्ने भएकाले सुदूरपश्चिमको आर्थिक अवस्था र स्वास्थ्य अवस्थामा सुधार महरले बताए । सुदूरपश्चिममा विश्वविद्यालय सञ्चालनको माग गर्दै आन्दोलन जारी रहेका बेला यो आन्दोलनमा आफ्नो समर्थन रहेको उनको भनाइ छ ।

धेरै रोगहरूको सामान्य उपचार हुने भएपनि विश्वविद्यालय भए मेडिकल हब हुने महरले बताए । गेटामा विश्वविद्यालय, कञ्चनपुर र डडेल्धुराका अस्पताललाई मेडिकल कलेज बनाउनुपर्ने उनको धारणा थियो । सरकारले बारम्बार सुदूरपश्चिमका जनताको स्वास्थ्यमाथि खेलबाड गरेको महरको आरोप छ ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ६ : ३० बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना