विदेशी हस्तक्षेप र प्रभाव बढ्यो : कमल थापा « Khabarhub

विदेशी हस्तक्षेप र प्रभाव बढ्यो : कमल थापा


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्ने बताएका छन् ।

राष्ट्रियता कमजोर भएको र विदेशी हस्तक्षेप तथा प्रभाव बढेर गएको उनको भनाइ छ । ‘इतिहासकै डरलाग्दो आर्थिक मन्दि छ । भ्रष्टाचार संस्थागत भएको छ । बेरोजगारी र महङ्गिले आकाश छोएको छ,’ थापाले भने ।

यही क्रम जारी रहे यथास्थिति मै मुलुक रहिरहने र दुर्घटनातर्फ देश धकेलिने उनले चिन्ता व्यक्त गरे । काठमाडौंका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै थापाले बजेटले कुनै आशाको किरण दिन नसकेको भन्दै मुलुकको जर्जर आर्थिक अवस्थालाई बजेटले सम्बोधन गर्न नसकेकोमा तीब्र आलोचना गरे ।

सस्तो लोकप्रियता र तालिको लागि भन्दा मुलुकको समस्याको दिगो समाधानतर्फ सरकारको ध्यान केन्द्रीत हुनुपर्नेमा थापाको जोड थियो । राप्रपा नेपाललाई सडक केन्द्रीत बनाउँदै जनताको माझमा जाने नीति अनुरुप काम गर्नसमेत उनले कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, बागमती प्रदेश इन्चार्ज माधब खत्री, काठमाडौं अध्यक्ष श्याम घिमिरेलगायत जनवर्गीय संगठनका अध्यक्षहरुले बोल्दै आगामी कार्यक्रमको खाका प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ८ : २० बजे

लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

काठमाडौं– नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

फिल्म क्षेत्र थला पर्ने कारक बन्नसक्छ कांग्रेसको फुट !

काठमाडौं – देशका सकारात्मक वा नकारात्मक दुवै मुख्य घटनाको असर

देउवाले एमाले फुटाइदिएको सम्झिँदै योगेशले भने : कांग्रेसको विभाजन दु:खद्, कुनै न कुनै उपायबाट फेरि मिलोस्

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विभाजनलाई दुःखद

एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै

काठमाडौं– एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग

फुटेका कांग्रेस कार्यकर्ता नाराबाजीमा उत्रिँदा कान्तिपथमा तनाव (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता-कार्यकर्ता निर्वाचन आयोग अगाडि