पाकिस्तानमा आधारित आतंकवादी नेताप्रति चीनको दोहोरो चरित्र « Khabarhub

पाकिस्तानमा आधारित आतंकवादी नेताप्रति चीनको दोहोरो चरित्र


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित पाँच राष्ट्रहरुको समूह ब्रिक्सका परराष्ट्रमन्त्रीहरूको दक्षिण अफ्रिकामा हालै सम्पन्न बैठकपछि जारी घोषणापत्रमा आतंकवादको कडा निन्दा गरिएको छ । घोषणापत्रमा हस्ताक्षरकर्ताहरूले आतंकवादविरुद्ध लड्ने प्रतिबद्धतालाई दोहोर्‍याएका छन् ।

पाकिस्तानमा आधारित आतंकवादीहरुबाट लामो समयदेखि सीमापार आक्रमणको सामना गरिरहेको भारतका लागि यो घोषणापत्रलाई कूटनीतिक विजयीका रुपमा हेरिएको छ ।

संयुक्त घोषणापत्रमा कुनै देशको नाम नलिइएपनि भारतले विगतमा पाकिस्तानलाई ‘आतंकवादको केन्द्र’ भनेर वर्णन गर्दै आएको छ । भारतले पाकिस्तानले हाफिज सईद, मसूद अजहर, साजिद मीर र दाउद इब्राहिमजस्ता आतंकवादीहरूलाई आश्रय दिएको बताउने गरेको छ ।

तर, विश्लेषकहरु पाकिस्तानमा आधारित आतंकवादविरुद्ध लड्ने विषयमा चीनको विरोधाभाष रहँदै आएको बताउने गरेका छन् ।

सन् २०२२ को अक्टोबर महिनामा अमेरिका र भारतले संयुक्त राष्ट्रसंघमा लस्कर ए तैएबाका नेता शाहिद महमुदलाई विश्वव्यापी आतंकवादी घोषणा गर्ने प्रस्ताव ल्याएका थिए । तर त्यस प्रस्तावलाई चीनले रोकिदिएको थियो ।

त्यस्तै, २०२२ कै जुन महिनामा पनि पाकिस्तनमै आधारित अर्का आतंककारी नेता अब्दुल रहमान मक्कीलाई पनि विश्वव्यापी आतंकवादीका रुपमा सूचीकृत गर्ने प्रस्तावलाई पनि चीनले अस्वीकार गरेको थियो ।

यद्यपि सन् २०२३ मा मक्कीलाई विश्वव्यापी आतंकवादी नेताको रुपमा सूचीकृत गर्ने प्रस्तावलाई राष्ट्रसंघले स्वीकृत गरेको थियो । त्यसैगरी, सन् २०२२ को अगस्ट महिनामा जैश ए मोहम्मदका वरिष्ठ नेता अब्दुल रउफ अजहरलाई विश्वव्यापी आतंकवादी सूचीकृत गर्ने प्रस्ताव स्वीकृत गराउन चीन बाध्य भएको थियो ।

यद्यपि मुम्बईमा भएको आक्रमणमा संलग्न भएको आरोप लागेका साजिद मीरलाई विश्वव्यापी आतंकवादीका रुपमा सूचीकृत गर्ने विषयमा सन् २०२२ को सेप्टेम्बरमा राष्ट्रसंघमा ल्याइएको प्रस्तावलाई पनि चीनले अस्वीकृत गरिदिएको थियो ।

पाकिस्तानमा आधारित आतंककारी समूह र यी समूहका नेतालाई ‘विश्वव्यापी आतंकवादी’ का रुपमा सूचीकृत गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावलाई चीनले अस्वीकार गर्दै आएको छ ।

आतंकवादका विषयमा यस्ता कदमलाई विश्लेषकहरु चीनको दोहोरो चरित्रका रुपमा अथ्र्याउने गरेका छन् ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ३ : ०२ बजे

एमाले सचिवालय बैठक : अल्पमतमा पर्दा पनि गल्ती स्वीकार्न तयार छैनन् ओली

काठमाडौं- फागुन २१ को निर्वाचनपछि पहिलो पटक बसेको नेकपा एमालेको

पाकिस्तानी प्रधानमन्त्री चीनमा, ‘साझा चासोका विषयमा’ छलफल हुने

बेइजिङ– इरान युद्धका कारण चार दिने भ्रमणका लागि पाकिस्तानका प्रधानमन्त्री

सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने

नारायणगढ– भरतपुर महानगरपालिका–११ बसेनीस्थित जेनजी आन्दोलनका सहिद सारकुमार राईको घर

ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, महासचिव पोखरेल पनि विपक्षमा उभिए

काठमाडौं- नेकपा एमालेभित्र नेतृत्व परिवर्तनका विषयमा आन्तरिक बहस तीव्र बनेको

चार महिनामा २०९ जनाले लिए आमाको नामबाट नागरिकता

जलेश्वर – विगत चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता