पर्यटक डाक्दै सकियो ‘हनी हन्टिङ’ « Khabarhub

पर्यटक डाक्दै सकियो ‘हनी हन्टिङ’


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

पोखरा – कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भएको भीरमौरीको मह काढ्ने (हनी हन्टिङ) कार्यक्रम आगामी वर्षका लागि पर्यटकीय डाक्दै सकिएको छ ।

माछापुच्छ्रे गाउँपालिकाको सहयोग र सिदिङ युनाइटेड क्लबको संयोजनमा आइतबार र सोमबार दुई दिन ‘हनी हन्टिङ’ भएको थियो । माछापुच्छ्रे–९ स्थित मर्दी खोलाको किनार कोप्रे भीरमा ‘हनी हन्टिङ’ चलेको हो । पर्यटन प्रवर्द्धनका लागि वडा कार्यालयको सहयोगमा मह काढिएको कार्यक्रम संयोजक अमृत तामाङले बताए ।

अघिल्ला वर्ष अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को अनुमतिमा मात्रै निकाल्ने भए पनि यही वर्षदेखि वडा कार्यालयले अगुवाइ गरेको हो । गाउँपालिकाले अगुवाइ लिएपछिको पहिलो कार्यक्रम भएकाले यो वर्ष पर्यटक नपुगेको माछापुच्छ्रे–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले बताए ।

यो पटकको ‘हनी हन्टिङ’ आगामी वर्षका लागि पर्यटक बोलाउने बाटो भएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । “यसभन्दा अघि गाउँलेहरूले भीर मौरी काढ्ने गर्थे । यो वर्षदेखि वडाले यसमा सहयोग गरेको हो”, वडाध्यक्ष क्षेत्रीले भने, “यो पटक पर्यटकलाई थाहा दिने काम भयो । अर्को वर्षदेखि यसलाई अझ बृहत् बनाउने लक्ष्य छ ।”

मह काढ्ने मुख्य जिम्मेवारी स्थानीयवासी ६६ वर्षीय उमानाथ गौतमले गरेका थिए । गौतमले करिब ३५ वर्षदेखि मह निकाल्ने काम गर्दै आएका छन् । अहिले उनलाई ३६ वर्षीय उनकै छोरा चिमलाल गौतम लगायत पाँच जनाले साथ दिएका थिए ।

एक वर्षमा दुई पटक भीर मौरीको शिकार गर्न सकिने मह शिकारी (भिरौटे) उमानाथ गौतमले जानकारीदिए ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  १० : २२ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा