सरकारले आधारभूत स्वस्थ्य सेवा जनतामा पुर्याउँछ : स्वास्थ्यमन्त्री बस्नेत | Khabarhub Khabarhub

सरकारले आधारभूत स्वस्थ्य सेवा जनतामा पुर्याउँछ : स्वास्थ्यमन्त्री बस्नेत


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नागरिक स्वस्थ्य सेवाबाट वञ्चित हुनुनपर्ने बताएका छन्। सिन्धुपाल्चोकको चौतारामा आज आयोजित कार्यक्रममा उनले सबै नागरिकलाई सरकारले आधारभूत स्वस्थ्य सेवाको पहुँचमा पुर्याउने बताए ।

मन्त्री बस्नेतले संविधानमा रहेको स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा सबै नागरिकको सहज पहुँच पुग्नुपर्ने बताउँदै सरकार यस्ता क्षेत्रको सुधारमा संवेदनशील भएर लागेको बताए । “विपन्न तथा आर्थिक अवस्था कमजोर भएकालाई अस्पतालले दिनुपर्ने सेवाका बारेमा सरकारले गरेको व्यवस्था कार्यान्वयन कडाइका साथ लागू गर्ने र स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधान गर्दै नागरिकले अनुभूति गर्ने गरी सरकारले काम गर्छ”, उनले भने।

जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सबै मिलेर लाग्नुपर्ने बताउँदै उनले स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधान गर्दै स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिए । मन्त्री बस्नेतले आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालय साधन स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित जनशक्तिको व्यवस्थापन र परिचालनमा प्राथमिकताका साथ लागिपरेको बताए ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  १० : ३६ बजे

मनोज सिलवालको वाचा : काम गर्न प्राधिकरणमा आएको हुँ, डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउँछु

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले डेडिकेटेड

माओवादीसँग एकताका लागि विप्लवले बनाए वार्ता टोली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी

सामुदायिक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षक, विश्वविद्यालयको परीक्षाफल तीन महिनामै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा

जनताले स्पष्ट बुझ्ने भाषामा कानुन निर्माण गर्ने निर्णय सदर

काठमाडौं– नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित

बालेनलक्षित केपी ओलीको टिप्पणी : पहिल्यै घोषणा गरेका थिए, घुसपैठ गरेर सिंहदरबार जलाए

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई देशभक्त