बुधबार नेप्से उकालो « Khabarhub

बुधबार नेप्से उकालो


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुधबार नेप्से उकालो लागेको छ । बुधबार नेप्से परिसूचक २५.३१ विन्दुले बढेर २०९७.५५ अंकमा पुगेको छ । बुधबार ३ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । बुधबार हाइड्रोपावर समूहमा सबैभन्दा धेरै वृद्धि भएको छ ।

असार मसान्तको प्रभावका कारण बजार यसअघि केही दिन सुस्त र सामान्य रहेको थियो । तर, बुधबारबाट नेप्सेले फेरि गति लिने संकेत देखिएको छ । असार मसान्त नजिकिंदै गर्दा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अधिक तरलताकै कारण अन्तर बैंक ब्याजदर एक प्रतिशतकै लाइनमा आइसकेको छ ।

यस्तै, सीडी रेसियो पनि ८२ प्रतिशत हाराहारीमा झरिसकेको छ । यसको अर्थ वित्तीय प्रणालीमा तरलता निकै सहज भएको छ । यस दिन २८९ कम्पनीको ८५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । झन्डै ३४ करोड रुपैयाँसहित कारोबारको शीर्ष स्थानमा शिवम् सिमेन्ट्स रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होटल परेका छन् ।

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ४ : ०९ बजे

ललितपुर १ मा रास्वपाका बुद्धरत्न महर्जन विजयी

काठमाडौं– ललितपुर क्षेत्र नं १ मा रास्वपाका बुद्धरत्न महर्जन विजयी

ओलीले गोकुललाई रोकेको काभ्रे २ एमालेबाट खोस्यो रास्वपाले

काभ्रेपलाञ्चो– लगातार विजयी भइरहे पनि आफूलाई चुनौती दिएको भन्दै नेकपा

कैलाली-५ मा रास्वपाका चन्द निर्वाचित

अत्तरिया– प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नं. ५ मा राष्ट्रिय

भोजपुरमा माटोका ध्रुवराज निरन्तर अगाडि, एमाले सचिव शेरधन पछ्याउँदै

भोजपुर- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भोजपुरमा माटो चुनाव चिह्नका उम्मेदवार ध्रुवराज

लमजुङमा रास्वपाका केसी विजयी

लमजुङ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का