करेन्ट लागेर त्रियुगाका एक जनाको मृत्यु « Khabarhub

करेन्ट लागेर त्रियुगाका एक जनाको मृत्यु


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

उदयपुर – सडक बत्ती बनाउने क्रममा करेन्ट लागेर उदयपुरमा एक कर्मचारीको मृत्यु भएको छ ।

बुधबार दिउँसो २स्३० बजे त्रियुगा नगरपालिका ४ फर्सेटमा सडकबत्ती बनाउनेक्रममा करेन्ट लाग्दा सोही ठाउँका नगरपालिकाका करारका कर्मचारी ४० वर्षीय युवराज राईको ज्यान गएको हो ।

सडकको बिजुलीको पोलमा काम गर्नेक्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका राईको जिल्ला अस्पतालको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए ।

घाइते राईलाई साथीले तत्काल उपचारको लागि जिल्ला अस्पताल पुर्‍याएका थिए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : ३१ बजे

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको