कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा « Khabarhub

कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ कैलालीलाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका १३ वटै स्थानीय तहका एक सय २६ वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए ।

उनका अनुसार राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्र पाउनुपर्ने सबै खोप सबै बालबालिकाले पूर्णरुपमा प्राप्त गरेको सुनिश्चितता भएपछि कैलालीलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । उनले कैलालीलाई सर्वप्रथम २०७४ मङ्सिर २६ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएकोमा २०७८ वैशाख मसान्तमा जिल्लाका १० स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको बताए ।

यसैगरी, २०७९ असार ३१ गते पूर्ण खोप सुनिश्चित घोषणा गरिएकोमा यो वर्ष असार २६ सम्म सबै पालिका र बुधबार जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको निमित्त प्रमुख धामीले जानकारी दिए । नेपाल सरकारले १३ वटा सरुवा रोग क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिन्जाइटिस र रोटा भाइरसबाट हुने पखाला र टाइफाइड रोगविरुद्ध तथा गर्भवती महिलाका लागि टिटी खोप लगाउने गरेको जनाइएको छ ।

कैलालीमा तीन सय ४७ खोपकेन्द्र, तीन सय ८१ खोप सेसा, चार वटा प्राथमिक स्वास्थ्य केन्द्र, ३६ वटा स्वास्थ्यचौकी, ८५ वटा आधारभूत स्वास्थ्य केन्द्र, १२ वटा सामुदायिक स्वास्थ्य एकाइ, एक हजार दुई सय ६१ महिला स्वास्थ्य स्वयंसेविका रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : ४२ बजे

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

राप्रपा फुटको संघारमा, कार्यकर्तालाई एकजुट हुन तीन पूर्वअध्यक्षको अपिल

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक असन्तुष्टि

सर्लाहीमा करेन्ट लागेर एक महिलाको मृत्यु

सर्लाही – चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा रामनगरका एक महिलाको