ललिता निवास जग्गा प्रकरणमा थप एक पक्राउ « Khabarhub

ललिता निवास जग्गा प्रकरणमा थप एक पक्राउ


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा समरजङ्ग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेल रहेका सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार पौडेललार्ई काठमाडौँको गोकर्ण क्षेत्रबाट पक्राउ गरिएको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सिआइबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । ललिता निवासको एक सय ४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजङ्ग कम्पनी थियो । तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १० : ४४ बजे

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको