मकवानपुरमा पहिरामा खसेको ढुंगा लागेर प्रहरीको मृत्यु | Khabarhub Khabarhub

मकवानपुरमा पहिरामा खसेको ढुंगा लागेर प्रहरीको मृत्यु


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

मनहरी– मकवानपुरमा सुक्खा पहिरामा खसेको ढुंगा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो । 

मकवानपुरको भिमफेदी गाउँपालिका-२ भैँसेमा सुक्खा पहिरासँगै खसेको ढुंगाले लागेर घाइते भएका नेपालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले जानकारी दिए।

‘बिहीबार भैँसेस्थित प्रहरी पोष्टमा काम गरिरहेका समयमा उहाँ चिप्लिएर घाइते भएका थिए’, उनले भने, ‘हेटौँडा अस्पतालमा उपचारपछि फर्किने क्रममा शुक्रबार दिउँसो ढुंगा लागेर नेपाली पुनःघाइते भएपछि घटनास्थलबाटै अस्पताल पुर्‍याइएको थियो ।’ नेपालीसँगै प्रहरी जवान सुनिल मेचे पनि घाइते भएकामा उनको भने अवस्था सामान्य रहेको कार्कीले बताए। 

मृतक नेपाली जाजरकोटको शिवालय नगरपालिका-८ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । उनको शव आज परिवारलाई जिम्मा लगाइ जाजरकोट पठाउने तयारी भइरहेको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १२ : ४४ बजे

निधारमा गोली लागेर शौचालयमा ढलेका थिए प्रहरी जवान गोले

काठमाडौं- संघीय संसद् ‍भवन परिसरमा मृत भेटिएका प्रहरी जवानको शव निधारमा

हिलो–लेदो माटोमा मालवाहक गाडी फसेपछि…

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गतको निर्माणाधीन काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डमा आज बिहान

प्रेम सम्बन्धमा रहेका अस्मिता र महेशले दुबईमा गरे इन्गेजमेन्ट

काठमाडौं- प्रेम सम्बन्धमा रहेका गायिका अस्मिता अधिकारी र गायक महेश

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै

महेन्द्रनगर– लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै

बजेट वितरणमा सूचकको प्रयोग गदै भरतपुर महानगर

चितवन– भरतपुर महानगरपालिकाले सूचकका आधारमा वडा कार्यालयहरूलाई बजेट वितरण गर्ने