नर्वेजियन पर्वतारोही माथि अर्का पर्वतारोहीलाई मर्न छाडेको आरोप | Khabarhub Khabarhub

नर्वेजियन पर्वतारोही माथि अर्का पर्वतारोहीलाई मर्न छाडेको आरोप


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

ओश्लो निर्मल पुर्जाको कीर्तिमान तोडेकी नर्वेजियन पर्वतारोही माथि एक पर्वतारोहीलाई मर्न दिएको आरोप लागेको छ । 

एक नर्वेजियन पर्वतारोही विश्वका १४ अग्लो चुचुरो आरोहण गर्ने सबैभन्दा छोटो समयको आरोही बन्ने क्रममा सो आरोप लागेको हो । उनले कीर्तिमान पूरा गर्न आरोहीले मृतक शेर्पालाई पछाडि छोडेको आरोप लागेको छ ।

सोसल मिडियामा युवा पर्वतारोहीको निकै आलोचना भइरहेको छ । आलोचनाका बीच अहिले पर्वतारोहीले सामाजिक सञ्जालमा पोस्ट लेखेर स्पष्टीकरण दिएका छन् । क्रिस्टिन हरिला र उनका नेपाली गाइड तेन्जिन लामा सबैभन्दा कम समय अर्थात् तीन महिना एक दिनमा विश्वका १४ अग्लो चुचुरोमा आरोहण पूरा गर्ने आरोही बनेका छन् । गत जुलाई २७ मा हरिलाले विश्वको सबैभन्दा अग्लो चुचुरो के २  को आरोहण गरेर यो उपलब्धि हासिल गरेको थिइन ।

के २ चुचुरोमा हरिलाको आरोहणको क्रममा एउटा भिडियो सार्वजनिक भएको थियो, जसमा हरिला र उनको टोली एउटा साँघुरो धारमा चढेको देखिन्छ। भिडियोमा त्यही क्रममा अर्का टोलीसँग के–२ आरोहण गर्दै आएका शेर्पा मोहम्मद हसन बाटोमा बेहोस भए पनि हरिला र उनको टोलीका सदस्य मर्दै गरेको हसनको शव माथिबाट गुज्रिरहेको देखिन्छ । 

यो भिडियो सार्वजनिक भएपछि हरिला र उनको टोलीप्रति जनताको आक्रोश छाएको छ र जनताले उनको कडा आलोचना गरिरहेका छन् । उनको सोही क्रममा मोहम्मद हसनको पछि मृत्यु भयो।

क्रिस्टीन हरिलाले बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट लेखेकी छिन् । यस पोस्टमा हरिलाले भनेकी छन्, ‘मृत्यु भएका शेर्पालाई बचाउन आफूले सक्दो गरे ।’  हरिलाले भनिन्,  ‘सामाजिक सञ्जालमा आफूविरुद्ध धेरै कुरा भइरहेका छन्, ज्यान मार्ने धम्कीसमेत आइरहेका छन् । बटलनेक क्षेत्रमा आफू र उनका अन्य तीन साथीले डेढ घन्टासम्म बचाउने प्रयास गरेको थिएँ ।’

के २ शिखर चढ्दा बोटलनेक क्षेत्र निकै खतरनाक मानिन्छ । यहाँ धेरै आरोहीहरुको मृत्यु भएको छ । क्रिस्टीनले भनिन्,  ‘उनका क्यामेराम्यान गेब्रियल हसनलाई मद्दत गर्न करिब एक घण्टा त्यहाँ बसे । यस क्रममा गेब्रियलले हसनलाई तातो पानी र अक्सिजन उपलब्ध गराए तर एक घण्टापछि गेब्रियलको अक्सिजन कम हुन थालेपछि उनी पनि बाहिरिनु परेको थियो ।’ 

हसनको शव तल ल्याउन समेत नसकेको हरिलाले बताए । हरिलाले पोस्टमा लेखेकी छिन्, ‘उनको मृत्यु निकै दुखद छ र मलाई उहाँको परिवारका लागि धेरै नराम्रो लागेको छ तर हामीले उहाँलाई बचाउनको लागि सक्दो प्रयास गरेका छौं, विशेष गरी गेब्रियललाई ।’

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १ : ०३ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ