नर्वेजियन पर्वतारोही माथि अर्का पर्वतारोहीलाई मर्न छाडेको आरोप « Khabarhub

नर्वेजियन पर्वतारोही माथि अर्का पर्वतारोहीलाई मर्न छाडेको आरोप


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

ओश्लो निर्मल पुर्जाको कीर्तिमान तोडेकी नर्वेजियन पर्वतारोही माथि एक पर्वतारोहीलाई मर्न दिएको आरोप लागेको छ । 

एक नर्वेजियन पर्वतारोही विश्वका १४ अग्लो चुचुरो आरोहण गर्ने सबैभन्दा छोटो समयको आरोही बन्ने क्रममा सो आरोप लागेको हो । उनले कीर्तिमान पूरा गर्न आरोहीले मृतक शेर्पालाई पछाडि छोडेको आरोप लागेको छ ।

सोसल मिडियामा युवा पर्वतारोहीको निकै आलोचना भइरहेको छ । आलोचनाका बीच अहिले पर्वतारोहीले सामाजिक सञ्जालमा पोस्ट लेखेर स्पष्टीकरण दिएका छन् । क्रिस्टिन हरिला र उनका नेपाली गाइड तेन्जिन लामा सबैभन्दा कम समय अर्थात् तीन महिना एक दिनमा विश्वका १४ अग्लो चुचुरोमा आरोहण पूरा गर्ने आरोही बनेका छन् । गत जुलाई २७ मा हरिलाले विश्वको सबैभन्दा अग्लो चुचुरो के २  को आरोहण गरेर यो उपलब्धि हासिल गरेको थिइन ।

के २ चुचुरोमा हरिलाको आरोहणको क्रममा एउटा भिडियो सार्वजनिक भएको थियो, जसमा हरिला र उनको टोली एउटा साँघुरो धारमा चढेको देखिन्छ। भिडियोमा त्यही क्रममा अर्का टोलीसँग के–२ आरोहण गर्दै आएका शेर्पा मोहम्मद हसन बाटोमा बेहोस भए पनि हरिला र उनको टोलीका सदस्य मर्दै गरेको हसनको शव माथिबाट गुज्रिरहेको देखिन्छ । 

यो भिडियो सार्वजनिक भएपछि हरिला र उनको टोलीप्रति जनताको आक्रोश छाएको छ र जनताले उनको कडा आलोचना गरिरहेका छन् । उनको सोही क्रममा मोहम्मद हसनको पछि मृत्यु भयो।

क्रिस्टीन हरिलाले बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट लेखेकी छिन् । यस पोस्टमा हरिलाले भनेकी छन्, ‘मृत्यु भएका शेर्पालाई बचाउन आफूले सक्दो गरे ।’  हरिलाले भनिन्,  ‘सामाजिक सञ्जालमा आफूविरुद्ध धेरै कुरा भइरहेका छन्, ज्यान मार्ने धम्कीसमेत आइरहेका छन् । बटलनेक क्षेत्रमा आफू र उनका अन्य तीन साथीले डेढ घन्टासम्म बचाउने प्रयास गरेको थिएँ ।’

के २ शिखर चढ्दा बोटलनेक क्षेत्र निकै खतरनाक मानिन्छ । यहाँ धेरै आरोहीहरुको मृत्यु भएको छ । क्रिस्टीनले भनिन्,  ‘उनका क्यामेराम्यान गेब्रियल हसनलाई मद्दत गर्न करिब एक घण्टा त्यहाँ बसे । यस क्रममा गेब्रियलले हसनलाई तातो पानी र अक्सिजन उपलब्ध गराए तर एक घण्टापछि गेब्रियलको अक्सिजन कम हुन थालेपछि उनी पनि बाहिरिनु परेको थियो ।’ 

हसनको शव तल ल्याउन समेत नसकेको हरिलाले बताए । हरिलाले पोस्टमा लेखेकी छिन्, ‘उनको मृत्यु निकै दुखद छ र मलाई उहाँको परिवारका लागि धेरै नराम्रो लागेको छ तर हामीले उहाँलाई बचाउनको लागि सक्दो प्रयास गरेका छौं, विशेष गरी गेब्रियललाई ।’

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १ : ०३ बजे

मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो

कोलम्बो– मध्यपूर्वमा तनाव कम हुँदै युद्धविरामको वातावरण बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा

विद्युत् सेवा नियमित गर्न जेन-जी युवाको माग

उदयपुर– जेन-जी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई 

कोशी प्रदेशसभा बैठकको समय परिवर्तन

विराटनगर– कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय

हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने कार्यको जग बस्यो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक,

‘एचाइभी सङ्क्रमितलाई अझै समाजले  हेयको दृष्टिले हेर्दछन्’

टीकापुर– एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक व्यवहार नभएकाले औषधि उपचार गर्दा