युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति : प्रधानमन्त्री  | Khabarhub Khabarhub

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति : प्रधानमन्त्री 


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताएका छन् । राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भिडियोमार्फत सम्बोधन गर्दै युवा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति रहेको बताए । 

साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण युवा वर्ग प्रमुख धरोहरका रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले युवालाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मान्न सकिने बताए । उनले गुणात्मक र सङ्ख्यात्मक दुवै दृष्टिले युवा राष्ट्रका मेरुदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूल धारमा ल्याउन सरकारले राष्ट्रिय युवा नीति, २०७२ जारी गरी लागू गरिसकेको बताए। 

पछिल्लो पटक युवामा राजनीतिप्रति चासो बढ्दै गएको उनको भनाइ थियो । ‘राजनीति देश र जनताको हितमा केन्द्रित गर्नुपर्ने हुन्छ’, उनले भने। राष्ट्रिय युवा परिषद्ले राजनीतिमा युवा आकर्षणका साथै उत्पादन, रोजगारी र श्रमशीलता तथा आत्मनिर्भरका क्षेत्रमा समेत महत्वपूर्ण पहल लिइ बढ्दो पलायन रोक्न ठोस पहल गर्ने प्रधानमन्त्री दाहालले बताए ।

परिवर्तनको संवाहक मानिने युवा भविष्यको मार्गचित्रसमेत भएको भन्दै उनले समुन्नत राष्ट्र निर्माणमा युवा समूहको अतुलनीय योगदान रहेको बताए। उनले यस वर्षको युवा दिवसले दिगो विकासप्रति सचेत रहन युवालाई थप जिम्मेवारी सुम्पेको बताए । दिवसले युवामा रहेको क्षमता उजागरण गर्ने मौका प्रदान गर्दै दिगो विकासको लक्ष्य सार्थक बनाउन तथा अगाडि बढ्न उत्प्रेरित गर्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे । 

युवामा रहेको ज्ञान, सीप दक्षता र अनुभवलाई प्रयोग गरी दिगो विकास लक्ष्य हासिल गर्ने विषयमा युवालाई परिचालन गर्दै समतामूलक र शान्तिपूर्ण समाज निर्माण गर्न केन्द्रित हुने उनले धारणा राखे । विश्वव्यापीरुपमा रहेको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र कार्बनडाइक्साइडको उत्सर्जनलाई कम गर्न हरेक क्षेत्रबाट प्रयत्न हुन आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अतिगर्मी, सुक्खाको परिमाण विश्वभरि नै देखिन थालेको परिस्थितिमा हामीले हाम्रा दैनिक व्यवहारमा परिवर्तन ल्याई कार्बनडाइअक्साइड, मिथेन र अन्य हरित ग्यासको उत्सर्जनमा कमी ल्याउन जरुरी रहेको बताए । 

‘हाम्रो हिमशृङ्खलामा हिउ पग्लिएर कालापत्थर मात्र देखिन थालेको परिस्थितिमा हाम्रो विकास निर्माणसम्बन्धी दृष्टिकोणलाई प्रकृतिमैत्री र दीर्घजीवी बनाउन जरुरी छ’, उनले भने । 

प्रधानमन्त्री दाहालले यसै आर्थिक वर्षलाई सरकारले युवा उद्यमशीलता वर्षका रुपमा मनाउन घोषणा गरेको उल्लेख गर्दै नेपाली युवालाई स्वदेशमा नै भविष्य देखाउनका निम्ति सहुलियतपूर्ण कर्जा, युवामैत्री लगानी निर्माण, नवप्रवर्द्धन र उद्यमशीलतालाई प्राथमिकतामा राखेको बताए ।

 राष्ट्रिय युवा नीति युवा केन्द्रित कानुन र नेपाल सरकारले दिएको जिम्मेवारी तथा निर्देशनलाई परिपालन गर्दै सीमित स्रोत साधनका बाबजुद पनि युवा नेतृत्व विकास र युवा नवप्रवद्र्धनलगायत गतिविधिमा परिषद्ले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

 यस वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप विकास’ नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।  

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  २ : २१ बजे

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले