कलुवापुर क्षेत्रका अतिक्रमित संरचना हटाइँदै | Khabarhub Khabarhub

कलुवापुर क्षेत्रका अतिक्रमित संरचना हटाइँदै


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले बेलौरी–कलुवापुर–नायल–बुडर सडकखण्डको कलुवापुर चोकदेखि बन्साहसम्मको सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु गरेको छ ।

सडकको मध्यबिन्दुबाट दायाँबायाँ १५-१५ मिटर कायम गरी दुवैतर्फ ढल निर्माण गर्नुपर्ने भएकाले अतिक्रमण हटाउन थालिएको नगरपालिकाले जनाएको छ । कलुवापुर चोकदेखि दक्षिण बन्साहतर्फको आठ सय मिटरअन्तर्गत निर्माण भएका अवैध संरचना हटाउने काम अगाडि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए  ।

“यसअघि सडकको क्षेत्राधिकार मिचेर बनाइएका संरचना हटाउनका लागि दुईपटक सार्वजनिक सूचना प्रकाशित गरिसकेका छौँ”, उनले भने, “तेस्रो अन्तिम पटक सूचना जारी गरी तीन दिनभित्र खोका, छाप्रालगायत संरचना हटाउन भने पनि हटाइएका छैनन् ।”

पटकपटकको सूचनालाई अटेर गरेपछि अवैध रुपमा निर्माण गरिएका खोका, छाप्रा, टहरालगायत संरचना हटाउन सुरु गरिएको अधिकृत भट्टले जानकारी दिए । सडकको जग्गा मिचेर बनाइएका ती संरचना फेरी पनि नहटाइए प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ । उनका अनुसार सडक छेउमा  एक सय बढी संरचना निर्माण गरिएका छन् ।

यसरी सडक छेउमै अवैध संरचना निर्माण हुँदा पानी निकास थुनिएर कलुवापुर बजार क्षेत्र डुबानमा पर्ने गरेको अधिकृत भट्टले बताए । उनका अनुसार अल्पकालीनरुपमा प्रहरीको सहयोगमा नगरपालिकाले तीन दिनअघि दुई महिनादेखिको डुबान क्षेत्रको पानी निकास गरेको छ । 

सडकको दुवैतर्फ ढल निर्माण गर्नुपर्ने भएकाले सडक छेउमा अतिक्रमण गरी बनाइएका संरचना हटाउने कार्य भइरहेको नगर उपप्रमुख कल्पना पन्तको भनाइ छ । ‘ढल निकासको व्यवस्था गरे बजार क्षेत्र डुबानमा पर्दैन’, उनले भने, ‘त्यसैले सडकका दुवै किनाराका अवैध संरचना हटाउने कार्यमा लागेका छौँ । यसमा सबैको साथ र सहयोगको खाँचो छ ।’ 

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ३ : २५ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको