आगामी निर्वाचनमा दुई तिहाइ आए पहिचानसहितको संघीयता लागू गर्न अफ्ठेरो छैन : मन्त्री मोदी « Khabarhub

आगामी निर्वाचनमा दुई तिहाइ आए पहिचानसहितको संघीयता लागू गर्न अफ्ठेरो छैन : मन्त्री मोदी


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विराटनगर- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आगामी निर्वाचनमा दुई तिहाइ नजिक आए संविधान संशोधन गरेर पहिचानसहितको संघीयता लागू गर्न कुनै अफ्ठेरो नरहेको बताएका छन् ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २४ औं स्थापना दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मन्त्री मोदीले माओवादीले पहिचानसहितको संघीयताको आवाज उठाएपनि निर्णायक हुन नसकेकाले लागू गर्न नसकिएको बताए । उनले तिहाइ नजिकको मत आए पहिचानसहितको संघीयता लागू गर्न कुनै अफ्ठेरो नरहेको पनि बताएका हुन् ।

पहिचानसहितको अधिकार माग गर्नेहरुले नै निर्वाचनका बेला अन्य पार्टीलाई मत दिदा समस्या भएको उनको भनाइ छ । मन्त्री मोदीले प्रदेशको नामाकरणको अधिकार सम्बसन्धत प्रदेशसभालाई हुने भएपनि एक नम्बर प्रदेशको नामाकरण पहिचानका आधारमा हुनुपर्ने आफ्नो धारणा रहेको जिकिर गरे ।

पहिचानसहितको संघीयता लागू गर्नका लागि माओवादीबाट भएका त्रुटीहरुको समीक्षा पनि भइरहेको उनको भनाइ छ । त्यस्तै, मन्त्री मोदीले वर्षौदेखि बन्न नसकेको संघीय निजामति ऐन आफू आएपपछि स्वीकृतिका लागि मन्त्रिपरिषदमा पुग्ने प्रक्रियामा रहेको जानकारी दिए ।

कार्यक्रममा फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८० पत्रकार दिलीप थापा मगरलाई प्रदान गरिएको थियो । त्यस्तै, फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८० काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ लाई प्रदान गरिएको छ । त्यसैगरी, ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ स्व किसन राई (मरणोपरान्त), देव पचभैया पाल्पा, जीवन लामा दोलखा र उन्नति चौधरी कैलालीलाई प्रदान गरिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ५ : ०६ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा