चिनियाँ प्रतिजासुसी अभियानप्रति अमेरिका चिन्तित | Khabarhub Khabarhub

चिनियाँ प्रतिजासुसी अभियानप्रति अमेरिका चिन्तित


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय चीनले प्रतिजासुसी अभियान अघि सारेको छ । चीनको कम्युनिष्ट सरकारले अघि सारेको नयाँ अभियानले नागरिकहरुलाई एक अर्काप्रति आशंका र जासुसी गर्न प्रोत्साहन गर्ने भन्दै विश्लेषकहरुले आलोचना गरेका छन् ।

गत जुलाई १ बाट प्रचलनमा आएको प्रतिजासुसी नियमबाट चीनमा रहेका अमेरिकी नागरिक र व्यवसायहरुलाई अफ्ठ्यारो पर्ने अमेरिकी अधिकारीहरुको चिन्ता छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले चीनको नयाँ नियम र यसबाट उत्पन्न परिस्थितीको निगरानी गरिरहेको जानकारी दिएका छन् । यस अभियानको घोषणा गरेसँगै अमेरिकी विदेश मन्त्रालयले जारी गर्दै निर्देशिकामा आफ्ना नागरिकलाई मुख्यभूमि चीनको भ्रमणमा पुनर्विचार गर्न आह्वान गरेको छ ।

चीनको नयाँ प्रतिजासुसी नियमका कारण त्यहाँ गैरकानूनी पक्राउको जोखिम रहेको अमेरिकी विदेश मन्त्रालयको निर्देशिकामा उल्लेख छ ।

गत जुन १८ मा चीन भ्रमणका क्रममा राजधानी बेइजिङमा उच्चस्तरीय चिनियाँ अधिकारीसँगको भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले यस विषयमा चिन्ता व्यक्त गरेका थिए ।

उच्चस्तरीय चिनियाँ अधिकारीसँगको भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले चीनमा अमेरिकी नागरिक र व्यवसायको अधिकार र सुरक्षाको संरक्षण हुनुपर्नेमा जोड दिएका थिए । उनले चिनियाँ अधिकारीहरुलाई अन्तर्राष्ट्रिय प्रावधानको सम्मान गर्नसमेत आग्रह गरेका थिए ।

केही समयअघि चिनियाँ राष्ट्रिय सुरक्षा मन्त्रालयले सामाजिक सञ्जाल विच्याटमार्फत ‘जासुसीको प्रतिकार गर्न समाजका सबै सदस्यको परिचालन’ अभियान घोषणा गरेको थियो । यस घोषणासँगै चीन सरकारले राज्यले परिभाषित गरेका दुश्मनबारे अन्य नागरिकलाई सूचित गराउने गतिविधिमा सक्रिय रहन आह्वान गरिएको थियो ।

यस नियमले चिनियाँ राष्ट्रिय सुरक्षासँग सम्बन्धित सूचनाको सम्प्रेषण गर्न बन्देज लगाइएको छ भने राष्ट्रिय सुरक्षा तथा जासुसीको परिभाषालाई पनि विस्तार गरिएको छ ।

यसबाट विदेशी कम्पनी र व्यक्तिलाई नियमित गतिविधि गर्दासमेत कानूनी झमेलामा पर्ने जोखिम हुनेमा अमेरिकाले चिन्ता व्यक्त गरेको हो ।

नयाँ चिनियाँ नियमअनुसार विदेशी इकाई वा विदेशी इकाईसँग साँठगाँठ गर्ने आन्तरिक व्यक्ति वा संस्थाका गतिविधि सञ्चालन गर्ने, त्यसलाई प्रोत्साहन गर्ने वा आर्थिक रुपमा सहयोग गर्नेलाई दण्डित गरिनेछ ।

नयाँ नियमअनुसार जासुसीको परिभाषाको पनि विस्तार गरिएको छ । जासुसीको नयाँ परिभाषामा राष्ट्रिय गोप्य एवम् संवेदनशील दस्तावेज, सूचना, वा जानकारीको चोरी गर्ने वा पहुँच पुर्‍याउने पनि समावेश हुनेछन् । यसअनुसार अभियोजकहरुले यस्ता व्यक्ति वा संस्थाका डाटामा पहुँच पुर्‍याउन सक्नेछन् ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ८ : ०३ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन