‘कृषि क्षेत्रको विकासमा प्रदेश सरकारको साथ छ’ « Khabarhub

‘कृषि क्षेत्रको विकासमा प्रदेश सरकारको साथ छ’


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मनहरी– बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले कृषि क्षेत्रमा गरिएको लगानीमा प्रदेश सरकारले साथ दिने बताएका छन् ।

आज मकवानपुरगढी गाउँपालिका–५ सानो सुकौरामा माइती नेपाल र द कोकाकोला फाउन्डेसनको सहकार्यमा निर्माण हुन लागेको एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको शिलान्यासका अवसरमा मुख्यमन्त्री जमकट्टेलले कृषि र पशुसम्बन्धी तालिम र व्यावसायिक काममा प्रदेश सरकारको पनि सहयोग रहने बताए।

उनले एकीकृत कृषि फार्म तथा तालिम केन्द्रलाई आवश्यक कृषिजन्य सामग्री तथा अन्य सहयोग गर्न तयार रहेको बताए। मानव बेचबिखनमा परेका महिलालाई लक्षित गरी सीपमूलक तालिम प्रदान गर्न लागेकोमा उनले धन्यवाद समेत व्यक्त गरे। उनले माइती नेपालको इतिहास लामो रहेकाले सरकारले गरिनुपर्ने सहयोगमा आफू प्रतिबद्ध रहेको बताए।

माइती नेपालका संरक्षक अनुराधा कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्यहरु इन्द्रबहादुर बानियाँ, कञ्चन बादे, एकालाल श्रेष्ठ, द कोकाकोला फाउन्डेसनका प्रतिनिधि आदित्य पाण्डा, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलगायत सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

द कोकाकोला फाउन्डेसनको क्रमागत आर्थिक सहयोगमा यसवर्ष रु एक करोड ९० लाख लगानीमा महिला होस्टेल, तालिम हल र २० वटा गाई अट्ने गोठ निर्माण गरिने कार्यक्रम प्रबन्धक रामशरण पौडेलले बताए ।

सुकौरा एग्रो प्रालिको नाममा रहेको ६५ रोपनी क्षेत्रफलमा फैलिएको जमिन निःशुल्क भाडामा लिएर माछापालन, कुखुरा, बङ्गुर, गाईभैँसी, तरकारी खेती गर्ने लक्ष्य लिइएको पौडेलको भनाइ छ । “जग्गा १० वर्षका लागि भाडामा लिएका छौँ, यसलाई पछि थप्दै ३० वर्षसम्म गर्ने योजना छ”, पौडेलले भने ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ३ : १७ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस