स्व नेम्वाङलाई श्रद्धाञ्जली दिन शीर्ष नेताहरु च्यासलमा « Khabarhub

स्व नेम्वाङलाई श्रद्धाञ्जली दिन शीर्ष नेताहरु च्यासलमा


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले मुख्यालयमा राखिएको छ ।

मंगलबार बिहान निधन भएका नेम्वाङलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु च्यासल पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले नेम्वाङको पार्थीव शरीरमा पुष्पगुच्छा अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

यसैगरी, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, झलनाथ खनाल, नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई, माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङ, एकीकृत समाजवादी उपाध्यक्ष राजेन्द्र पाण्डे, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, राप्रपा नेता पशुपतिशमशेर जबरालगायत शीर्ष नेताहरु च्यासल पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ३ : ४६ बजे

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या