लिबिया बाढी : २ हजारभन्दा बढीको मृत्यु भएको आशङ्का, १० हजार बेपत्ता « Khabarhub

लिबिया बाढी : २ हजारभन्दा बढीको मृत्यु भएको आशङ्का, १० हजार बेपत्ता


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

त्रिपोली- पूर्वी लिबियामा आएको बाढीमा परी २ हजार जनाभन्दा बढीको मृत्यु भएको छ । प्रकोपमा १० हजारभन्दा बढी बेपत्ता भएका रेडक्रसका अधिकारीले बताएका छन् ।

रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले उत्तर अफ्रिकी देशमा बाढी पछि १० हजार मानिस बेपत्ता भएको र मर्नेहरूको सङ्ख्या हजारौं पुग्न सक्ने चेतावनी दिएका छन् ।

मङ्गलबार ट्युनिसियाबाट भिडियो कन्फरेन्स मार्फत जेनेभामा संयुक्त राष्ट्र सङ्घको ब्रिफिङमा पत्रकारहरूसँग कुरा गर्दै रमदानले बाढीले बगाएर ज्यान गुमाउनेको सङ्ख्या धेरै ठूलो भएको जनाउँदै क्षतिको आकलन सकिएपछि ज्यान गुमाउनेको सङ्ख्या हजारौँ पुग्नसक्ने बताए ।

लिबियाका अधिकारीहरूले ड्यानियल आँधीका कारण मुसलधारे वर्षासँगै अचानक आएको बाढीमा परी पूर्वी शहर डेर्नामा मात्र दुई हजारभन्दा बढीको मृत्यु भएको आशङ्का गरेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ४ : ३६ बजे

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार

टि २० विश्वकप : फाइनलमा पुग्यो न्युजिल्याण्ड, दक्षिण अफ्रिका ९ विकेटले पराजित

कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका