दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा स्व.नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै हुने, प्रतिनिधिसभा बैठक सर्‍यो, श्रमिकको हितमा काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन,राष्ट्रपति पौडेल र इजरायलका राजदूत गोल्डबर्गरबीच भेटवार्ता, समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेश सन्देशसभा स्थगित,कांग्रेसको बीपी साहित्य महोत्सव स्थगितलगायतका समाचारले प्रमुख स्थान पाए ।

श्रमिकको हितमा काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् ।

स्व. नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै हुने
तत्कालीन संविधानसभाका सभाध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै हुने भएको छ ।

एमालेले शोक विज्ञप्ति जारी गर्दै स्व नेम्वाङको बिहीबारमात्रै अन्त्येटि गरिने जानकारी दिएको हो । नेम्वाङका छोरा बुधबार अपरान्हमात्रै नेपाल आइपुग्ने भएकाले बिहीबार अन्त्येटि गरिने भएको हो ।

स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव हुन दिँदैनौं : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव हुन नदिने बताएका छन् ।

भरतपुर अस्पतालको आज निरीक्षणपछि उनले ऐन संशोधन नगरी पाँच वर्षभित्रमा स्वास्थ्यका जनशक्ति अभाव हुने बताएका हुन् ।

नेम्वाङको निधनप्रति एमालेले तीन दिन शोक मनाउने
नेकपा (एमाले)ले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति तीन दिन शोक मनाउने भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीमा योगदानको मूल्यांकन गदै नेता नेम्बाङको सम्मानमा विशेष शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म देशभरिका पार्टी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरिएको एमाले कार्यवहाक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

कांग्रेसको बीपी साहित्य महोत्सव स्थगित

नेपाली कांग्रेसले एमाले उपाध्यक्ष तथा तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण तीन दिनदेखि जारी बिपी साहित्य महोत्सव स्थगित गरेको छ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै बीपी साहित्य महोत्सवका आजका सबै कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।

समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेश सन्देशसभा स्थगित
चार दल सम्मिलित समाजवादी मोर्चाको आज सुदूरपश्चिम प्रदेशमा हुने भनिएको सन्देश सभा स्थगित भएको छ ।

एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट गएराति निधन भएपछि सन्देशसभा स्थगित गरिएको बताइएको छ ।

मधेश प्रदशकी जसपा सांसद विन्दुकुमारी यादवको निधन

जनता समाजवादी पार्टी (जसपा) की मधेश प्रदेश सांसद विन्दुकुमारी यादवको निधन भएको छ।

लामो समयदेखि क्यान्सर रोगले ग्रसित यादवको आज बिहान जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

जसपाद्वारा नेम्वाङको निधनप्रति दुःख व्यक्त
जनता समाजवादी पार्टी (जसपा), नेपालले संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेको छ ।

‘पञ्चायतविरुद्धको आन्दोलनदेखि ऐतिहास अनआन्दोलनसम्म मुलुकमा भएका परिर्वतनकारी सङ्घर्षमा अग्रणी भूमिका निर्वाह गर्नुभएका भद्र एंव शालीन व्यक्तित्व स्व नेम्वाङको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ’, आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन
सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । कार्यदलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले दिएका छन् ।

सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने सीआइबीको तयारी
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ ।

राष्ट्रपति पौडेल र इजरायलका राजदूत गोल्डबर्गरबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि इजरायलका राजदूत हानान गोल्डर गोल्डबर्गरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रतिनिधिसभा बैठक सर्‍यो
बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एक दिन पछाडि सरेको छ ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण बिहीबार अपरान्ह ३ बजे बस्नेगरी सारिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको शिलान्यास

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन हालसम्मकै ठूलो दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास गरेका हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ९ : ०५ बजे

नर्तकी खुसी पार्न अलेक्जेण्डरले शहरमा झोसेको आगो !

अलेक्जेण्डरले इरानमा विजयध्वजा फहराए। त्यसबेला उनको सेनाले इरान सोत्तर बनाइसकेको

स्याङ्जामा पहिरोमा परी आमा–छोरीको मृत्यु

स्याङ्जा- स्याङ्जामा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

बागलुङ पहिरो अपडेट : दुईजनाको मृत्यु, दुई घाइते

बागलुङ– बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ

गुल्मीमा पहिरोमा पुरिएर तीनजनाको मृत्यु, दुईजना बेपत्ता

गुल्मी– गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै

‘यश कुमार अब अमर छ’

काठमाडौं – यश कुमार बहुप्रतिभाशाली कलाकार हुन् । उनले गायक, संगीतकार,