कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार
सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । अदालतले यस विषयमा मुद्दाको अन्तिम सुनुवाइका क्रममा निर्णय गर्ने आदेश दिएको छ ।

सरकारले गत १८ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो ।
उनको स्थानमा डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो ।
युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँ : श्रममन्त्री
लैङ्गिक हिंसा अन्त्यका लागि एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
यौन हिंसासम्बन्धी विधेयक संशोधन गर्न माग
विराटनगर जुट मिल सञ्चालनको तयारी, लगानीकर्तालाई ३५ दिनको समय
राष्ट्रपति पौडेल नियमित स्वास्थ्य जाँचका लागि टिचिङ अस्पतालमा
ट्रमा उपचार सेवा विस्तार गर्दै सरकार, सातै प्रदेशमा सेन्टर स्थापना गरिने
आयोगले नयाँ कार्यसमिति अद्यावधिक गरेकोबारे गगनले दिए पार्टी बैठकमा जानकारी
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकमा निर्वाचन आयोगले कार्यसमिति तथा विधान अद्यावधिक गरेको जानकारी गराएका छन् ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा सभापति थापाले पन्ध्रौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाइ निर्वाचन आयोगले अद्यावधिक गर्ने निर्णय गरेको जानकारी सहितको पत्र प्राप्त भएको जानकारी गराएका हुन् ।
कांग्रेसको १५औँ नियमित महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो।

महाधिवेशनपछि महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते विधान संशोधनको विवरण, राजनीतिक दस्तावेज र महाधिवेशनका निर्णयहरूसहित अद्यावधिकका लागि आयोगमा निवेदन दर्ता गराएको थियो ।
त्यस्तै केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार पनि संगठनको आगामी कार्यभार (हामी तयार छौँ अभियान) लगायतका कार्यसूचीहरूमाथि छलफल भएको महामन्त्री डिला संग्रौलाले जानकारी दिइन् ।
साथै बैठकमा सरकारका क्रियाकलाप, स्थानीय निर्वाचनको तयारी लगायतका विषयमा पनि सदस्यहरूले धारणा राखेको उनले बताइन् । उनले निर्वाचन आयोगले अद्यावधिक गरेसँगै पार्टीको आधिकारिकताका बारे अव कुनै विवाद नरहेको धारणा राखिन् ।
देउवा समूहले दियो शशांकलाई समिति गठनको जिम्मेवारी
गगन थापा नेतृत्वको कांग्रेस निर्वाचन आयोगमा अद्यावधिक
समानान्तर महाधिवेशनको तयारीमा देउवा समूह, चुनदेवीमा बैठक
युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँ : श्रममन्त्री
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताका अवसर उपलब्ध गराउन मन्त्रालयले कार्ययोजना अघि बढाएको बताएका छन् ।
मन्त्रालयमा आज आयोजित चालु आर्थिक वर्ष २०८३-८४ को प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले युवालाई स्वदेशमै टिकाउने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए।

मन्त्री यादवले मन्त्रालयका बाँकी कार्यमाइलस्टोन पुस मसान्तभित्र सम्पन्न गर्न र बेरुजु फछ्र्योटलाई तीव्रता दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिए। उनले निर्धारित लक्ष्य पूरा गर्न ढिलाइ नगरी आवश्यक बजेट माग गरेर भए पनि समयमै काम सम्पन्न गर्न आग्रह गरे।
राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश मल्लले पहिलो त्रैमासिकमा सम्पन्न हुन नसकेका कार्यक्रमलाई आगामी त्रैमासिकमा पूरा गर्नुपर्नेमा जोड दिए ।
लैङ्गिक हिंसा अन्त्यका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक : मुख्यमन्त्री आचार्य
लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन मन्त्री बादीको आह्वान
लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयनमा प्रधानमन्त्रीको जोड
युट्युब पत्रकारितालाई नियमन र दायरामा ल्याउनुपर्ने विषय सकारात्मक : सञ्चारमन्त्री
बालश्रम रोक्न कानुनसँगै परिवारको आर्थिक अवस्था सुधार्नुपर्नेमा जोड
मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन
प्रशोधन उद्योग बन्द भएपछि चियाबारी झाडीमा परिणत
बजार र प्रशोधन उद्योगको अभावमा धनकुटाको पाख्रिबासमा व्यावसायिक चियाखेती गर्दै आएका किसानको लगानी जोखिममा परेको छ ।
उत्पादन भएको चिया बिक्री नहुँदा किसानले बगानको हेरचाह गर्न छाडेका छन् । वर्षौँदेखि गोडमेल र छाँटकाँट हुन नसकेका चियाका बोट अहिले झाडीमा परिणत हुन थालेका छन् ।
पाख्रीबास नगरपालिका–४ र ७ को सिमानामा पर्ने राम्चेका किसानले कुनै समय चियाखेतीबाट राम्रो आम्दानी हुने अपेक्षासहित अन्य बाली छाडेर चियाका बिरुवा रोपेका थिए । तर, उत्पादनले बजार र उचित मूल्य नपाएपछि उनीहरूको आशा निराशामा बदलिएको छ ।

विसं २०५५ देखि २०७२ सम्म चियाखेती विस्तार गरेका राम्चेका किसान गोविन्दबहादुर थापाले अन्य बालीभन्दा चियाबाट राम्रो आम्दानी हुने आशामा खेती सुरु गरेका थिए । तर, उत्पादन बिक्री नहुँदा लगानीसमेत उठाउन नसकेको उनको गुनासो छ ।
‘चिया बिक्री नभएपछि बगानको गोडमेल र छँटाइ गर्नसमेत छाडेका छौँ’, उनले भने, ‘मजदुर लगाएर काम गराउँदा खर्च बढ्छ । उत्पादनको मूल्य नै नपाएपछि बगानको हेरचाह गरेर के गर्नु ?’
बाढीपीडितलाई क्षतिपूर्ति र पुनर्वास दिन सरकारलाई सुझाव
घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने
म्याग्दीमा धान उत्पादन २.७० प्रतिशतले वृद्धि
भारत तस्करी हुँदै गरेका १५ वटा राँगा/भैँसी नियन्त्रणमा
चार महिनामै १ अर्ब १७ करोडको लसुन भित्रियो
अटिजम भएका बालबालिकाका लागि काठमाडौं महानगरले बनाउँदै विशेष विद्यालय
दुई महिनामा पोखरा-दुबई उडानबाट १३ हजार यात्रुले लिए सेवा
युक्रेन युद्धमा रुसका पाँच लाख सैनिकको मृत्यु
युक्रेन युद्धमा रुसले करिब पाँच लाख सैनिक गुमाएको तथ्य उसकै सरकारी तथ्यांकबाट बाहिरिएको छ। बिबिसीले विश्लेषण गरेको रुसी सरकारी तथ्याङ्क निकाय ‘रोसस्टाट’ विवरणअनुसार सन् २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमण सुरु भएयता कम्तीमा ४ लाख ९० हजार ३ सय ३४ रुसी सैनिकको मृत्यु भएको बिबिसीको खबरमा उल्लेख छ ।
बेलारुसी ह्याकर समूह ‘साइबर पार्टिसन्स बिवाई’ र युक्रेनी समूह ‘साइलेन्ट क्रो’ ले ह्याक गरेपछि बिबिसी रसियनले सन् २०२१ देखि सेप्टेम्बर २०२६ सम्मका १ करोड १० लाखभन्दा बढी मृत्यु अभिलेखमा पहुँच पाएको थियो।

रुसी तथ्याङ्क निकायले साइबर आक्रमण भएको स्वीकार गरे पनि कुनै संरक्षित सूचना नचुहिएको दाबी गरेको छ। स्वतन्त्र रुसी सञ्चारमाध्यम ‘मिडियाजोना’ सँगको सहकार्यमा बिबिसी रसियनले खुला स्रोतबाट संकलन गरेको पुष्टि भएका सैनिक मृत्युको सूचीसँग रोसस्टाटको तथ्याङ्क तुलना गर्दा ९० प्रतिशत अभिलेख मेल खाएको छ।
सैन्य विज्ञका अनुसार बिबिसीले आधिकारिक प्रतिवेदन, सामाजिक सञ्जाल, नयाँ स्मारक र चिहानहरूबाट संकलन गरेको २ लाख ९० हजार १२ मृत्युको सूची वास्तविक मृतक सङ्ख्याको ४५ देखि ५५ प्रतिशत मात्र हुन सक्छ, जसअनुसार वास्तविक मृतक सङ्ख्या ५ लाख २७ हजार २ सय ९५ देखि ६ लाख ४४ हजार ४ सय ७१ सम्म पुग्न सक्ने अनुमान छ।
मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने
भारत–बङ्गलादेश तनावबीच आइपीएल लिलामीमा १२ बङ्गलादेशी खेलाडी
सुडानमा ड्रोन आक्रमण, बालबालिकासहित १४ जनाको मृत्यु
गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा
चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्न
हर्मुजमा अमेरिकाले दुई ड्रोन खसालेको इरानको दाबी
चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण














प्रतिक्रिया