वन्यजन्तुबाट पीडित किसानलाई निकुञ्जले राहत दिने | Khabarhub Khabarhub

वन्यजन्तुबाट पीडित किसानलाई निकुञ्जले राहत दिने


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

रसुवा– वन्यजन्तुबाट अन्नबालीमा भएको क्षतिको मूल्याङ्कन गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले किसानलाई राहत दिने भएको छ ।

यसका लागि निकुञ्जले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका भूभागमा गत महिना जङ्गली बँदेलले मकैबालीलाई नोक्सानी पुर्‍याएको थियो । स्थलगतरूपमा क्षतिको मूल्याङ्कन गराइ राहत प्रदान गरिने निकुञ्जले जनाएको छ ।

राहतको लागि रसुवाबाट ७०, नुवाकोटबाट ४० र सिन्धुपाल्चोकबाट २० आवेदन परेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।

बँदेल, भालु, बाँदरजस्ता जनावरले मकै, कोदो, आलुलगायतका अन्नबाली नोक्सान पुर्‍याउने गरेको छ । राहत वितरणको लागि सरकारले तोकिदिएको मापदण्ड तथा क्षतिको प्रमाणका आधारमा मूल्य निर्धारण गर्दै किसानलाई बैंक खातामार्फत राहत प्रदान गरिने उनको भनाइ छ ।

गत वर्ष अन्नबाली तथा चौपाया क्षतिको राहतस्वरूप रु १९ लाख ३४ हजार एक सय १७ भुक्तानी भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ८ : ०८ बजे

सञ्चार मन्त्रालयले भन्यो– एनसेल खरिदबिक्रीमा अनियमिता पाइए कारबाही हुन्छ

काठमाडौं – सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको

रुसी सेनामा भर्ना हुन सघाएको आरोपमा १२ जना पक्राउ

काठमाडौं – नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा प्रहरीले

रमेश कर्प र बोन्जोय ट्राभलबीच साझेदारी

काठमाडौं – व्यवसायीक घराना रमेश कर्प र ट्राभल एजेन्सी बोन्जोय

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

 दिनभर आज नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २४ जनालाई