शाहरूखको ‘जवान’ मुम्बईमा सबैभन्दा बढी कमाउने पाँचौँ फिल्म « Khabarhub

शाहरूखको ‘जवान’ मुम्बईमा सबैभन्दा बढी कमाउने पाँचौँ फिल्म


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

मुम्बई– धेरै फ्लप फिल्म पछि शाहरुख खानले लगभग एक्लै भारतमा बक्स अफिस कलेक्सनलाई पुनर्जीवित गरेका छन्।

खानले वर्षको सुरुमा ब्लकबस्टर फिल्म ‘पठान’ प्रस्तुत गरेका थिए, त्यसपछि उनको फिल्म ‘जवान’ पाँचौँ हप्तादेखि हलमा चलिरहेको छ र अझै नयाँ रेकर्ड बनाउन छाडेको छैन ।

यो फिल्मले मुम्बई शहरमा मात्रै १३० करोडभन्दा बढीको नेट कलेक्सन गरेर नयाँ रेकर्ड बनाएको छ ।  ‘जवान’ मुम्बई बक्स अफिसमा १०० करोड पार गर्ने पाँचौं फिल्म पनि हो ।

‘जवान’ गत सेप्टेम्बर ७ मा सिनेमा घरमा रिलिज भएको थियो। त्यसबेलादेखि नै यो एक्सन–थ्रिलरले बक्स अफिसमा राज गरिरहेको छ ।

एसआरके स्टार फिल्मले भारतमा ८० करोड र विश्वव्यापी रूपमा १२० दशमलव ६  करोड रुपैयाँ कमाएर हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा ठूलो ओपनिङ गरेको थियो।

त्यसयता फिल्मले आफ्नो नाममा धेरै नयाँ कीर्तिमान बनाएको छ र ६२० करोडभन्दा बढी कलेक्सन गरेर बलिउडको सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मसमेत बनिसकेको छ ।

यो फिल्म अहिले पाँचौं हप्तामा पुगेको छ र अझै करोडौँको व्यापार गरिरहेको छ ।  

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ९ : ५८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका