हाम्रो संस्कृति र सभ्यताले अन्तर्राष्ट्रिय क्षेत्रमा मान बढ्नेछ : प्रदेश प्रमुख शर्मा « Khabarhub

हाम्रो संस्कृति र सभ्यताले अन्तर्राष्ट्रिय क्षेत्रमा मान बढ्नेछ : प्रदेश प्रमुख शर्मा


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मनहरी– बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले हाम्रो संस्कृति र सभ्यताले अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो मान बढ्ने बताएका छन् ।

आज जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा विजयदशमी तथा दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले हामी नेपालीका विभिन्नखाले चाडपर्व हुनु आफ्नै खालका मौलिकता हुन् । 

उनले यी मौलिकता, विशेषता अन्तर्राष्ट्रिय क्षेत्रमा जतिखेर प्रस्तुत हुन्छन् हाम्रो धार्मिक सहिष्णुता, जातीय सहिष्णुता, विविधता, संस्कृति, सांस्कृतिक विविधतालाई देखेर विदेशीले हाम्रो प्रशंसा गर्ने गरेको सुनाए। ‘हामीले हाम्रो संस्कृति, परम्परा, हाम्रा चाडपर्वलाई जोगाएर बचाएर तडकभडकभन्दा बाहिर निस्केर संस्कारलाई मात्रै ग्रहण गर्न सकेको खण्डमा भावी पुस्तामा हाम्रो संस्कृति र सभ्यता अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो मान बढ्नेछ भन्ने विश्वास लिएको छु’, प्रमुख शर्माले भने । 

उनले तीज दसैँ, तिहार, छठ, इद ल्होसारलगायतका विभिन्न जातीय पहिचानका पर्व यसरी नै खुसीका साथ मनाउँदै आएका र मनाउनु पनि पर्ने  बताए। आगामी दिनमा पनि हाम्रो संस्कृति धरोहरको झण्डालाई उँचो राख्नका लागि आग्रह गर्दै प्रमुख शर्माले यसले हामीलाई भावनात्मकरूपमा एकसूत्रमा बाँधेर नयाँ नेपालको निर्माण गर्ने सवालमा पक्कै पनि योगदान पुग्ने बताए । 

जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य, प्रमुख जिल्ला अधिकारी, मकवानपुरका राजनीति दलका प्रमुख, विभिन्न सङ्घसंस्थाका प्रमुख, सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो । 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  १ : ४१ बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक