कोशीका ३८ स्थानमा यात्रु सहायता कक्ष स्थापना « Khabarhub

कोशीका ३८ स्थानमा यात्रु सहायता कक्ष स्थापना


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

झापा– चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहयाता कक्ष स्थापना गरिएको छ । ‘सुरक्षा सुनिश्चितता अभियान २०८० को चाडपर्व सुरक्षा योजना अन्तर्गत’ प्रदेशका मुख्य राजमार्ग तथा सहायक मार्गको विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिएको विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, मातहतका प्रहरी कार्यालय तथा यातायात व्यवसाय सम्बद्ध संस्थासमेतको समन्वय र सहकार्यमा कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह सुरु गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता सुनिल दाहालले बताए। 

उनका अनुसार झापाको बिर्तामोड दमक, काकडँभिट्टा, भद्रपुर, बुद्धशान्ति, बुधबारे, ताप्लेजुङको तोक्मेडाँडा, पाँचथरको फिदिम बसपार्क, धनकुटा बसपार्क, हिले, भेडेटार, उदयपुरको बरुवा बसपार्क, तेह्रथुमको गुराँस चोक, म्याङलुङ बसपार्क, सुनसरीको शिवचोक, इटहरी बसपार्क, सोलुखुम्बुको आँवाडाँडा, जोर बौद्ध, पतालेमा, इलामको फिक्कल, इलाम बसपार्क, बिब्ल्याटेलगायतक स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ 

यसैगरी, मोरङको विराटनगर बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक, रङ्गेली, भोजपुरको देउराली, घोरेटार, अरुण जरायोटार, दिल्पामा, खोटाङको रत्नपार्कमा, ओखलढुङगाको सिद्धिचरण, रमाइलोडाँडा, सखुङ्वासभाको खाँदवारीमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह सुरु गरिएको उनले बताए।

यात्राका क्रममा यात्रुलाई कुनै प्रकारको असहज वा  असुरक्षित महसुस भएमा र सामान छुटेमा नजिकैको यात्रु सहायता कक्ष वा प्रहरीको हटलाईन नम्बर १०० अथवा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्नसमेत उहाँले विज्ञप्ति जारी गरी आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  १ : ४७ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा