नेपालमा लगानी गर्न कोरियालाई अर्थमन्त्रीको आग्रह « Khabarhub

नेपालमा लगानी गर्न कोरियालाई अर्थमन्त्रीको आग्रह


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँविश्वबैंकको वार्षिक बैठकको सिलसिलामा मोरक्कोको मराकेसमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले मुनाफा आर्जन गरिरहेकाले दक्षिण कोरियाली कम्पनीहरूलाई पनि लगानी गर्न आग्रह गरेका छन् ।

कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको आज भएको भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले लगानीको प्रतिफल प्राप्त गरिरहेकाले कोरियाली कम्पनीलाई पनि नेपालमा लगानीको उपयुक्त अवसर भएको बताउँदै पुँजी परिचालन गर्न आग्रह गरेको अर्थमन्त्रालयले जनाएको छ ।

‘नेपालमा लगानी गरेका भारतीय बहुराष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकोकोलापेप्सी, भारतीय कम्पनी आइटिसी इण्डिया मात्रै होइन मलेसियन टेलिकम कम्पनीले पनि मुनाफा आर्जन गरिरहेका छन्’, मन्त्री महतले कोरियाली उपप्रधानमन्त्रीलाई भने , ‘हामीहरुले चालू आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रको लगानीलाई थप सहजीकरण गर्ने प्रयास गरेका छौँ । आगामी दिनमा पनि निजी क्षेत्रलाई सुविधा दिने हाम्रो योजना छ । कोरियाली लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी आतुर छौँ ।’

नेपालमा व्यापार तथा लगानीको वातावरणमा निरन्तर सुधार भइरहेकाले कोरियाली लगानीकर्तालाई झन्झट नहुने आश्वस्त पार्दै भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरिसकेको जानकारी दिए । उनले जलविद्युत् उत्पादन, प्रसारण र वितरण लाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटन क्षेत्रमा लगानी गरे त्यसले राम्रो प्रतिफल दिने  बताए ।

अर्थ मन्त्रालयका अनुसार नेपालमा पर्यटन विकासको प्रचुर सम्भावना रहेको तर कमजोर भौतिक पूर्वाधारले समस्या भएकाले कोरिया सरकारलाई पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, क्षमता विकासमा सहयोग गर्न उनले आग्रह गरे ।

कोरियाली उपप्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफू तयार रहेको बताउँदै केही कोरियाली लगानीमा दोहोरो करसम्बन्धी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न मन्त्री महतलाई आग्रह गरे । 

मन्त्री महतले दोहोरो करसम्बन्धी समस्या समाधान गर्न आफू तयार रहेको र कोरियाली लगानीलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कोरियाका उपप्रधानमन्त्री नेपाल भ्रमण गर्न आमन्त्रण गरे । उपप्रधानमन्त्री चु क्यूङले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको भन्दै यथाशक्य छिटो एजेण्डा तय गर्न आग्रह गरे । अर्थमन्त्री महतले १२ हजार नेपालीलाई रोजगारीको अवसर प्रदान गरेकामा कोरिया सरकारको सराहना गरे ।
नेपालले जलविद्युत् परियोजना निर्माणमा प्रगति गरे पनि कमजोर प्रसारण लाइनले जलविद्युत् क्षेत्रबाट अपेक्षित लाभ लिन नसकेकाले प्रसारण लाइन निर्माणमा लगानी गर्न आग्रह गरे ।

कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङलाई अर्थमन्त्री महतले नेपाल वायुसेवा निगमलाई कोरियामा सिधा उडान अनुमति दिन माग गरे । कोरियन एयरलाइन्सले नेपालमा सिधा उडान गरिरहँदा नेपाल वायुसेवा निगमलाई पनि सिधा उडानको अनुमति दिनुपर्नेमा मन्त्री महतले जोड दिएको अर्थमन्त्रालयले जनाएको छ ।  

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ३ : २७ बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा