शिखर सम्मेलनअघि वार्ताका लागि इयु विदेश नीति प्रमुख चीनमा | Khabarhub Khabarhub

शिखर सम्मेलनअघि वार्ताका लागि इयु विदेश नीति प्रमुख चीनमा


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

साङ्घाई– यस वर्षको नियोजित सम्मेलनको आधार निर्माण गर्दै आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदारसँगको जोखिम व्यवस्थापनको खोजीमा युरोपेली युनियन (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेल बिहीबार चीन आइपुगेका हुन् ।  

इजराइल र हमासबीच युद्ध सुरु भएको केही दिनपछि यो भ्रमण भएको छ । उक्त युद्धले बोरेललाई युरोपेली विदेशमन्त्रीको आपतकालीन बैठक गर्न प्रेरित गरेको थियो । चीनले सबै पक्षलाई ‘युद्ध बिराम’ गर्न आह्वान गरेको छ । 

बोरलको यो भ्रमणमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको वार्ता हुनुका साथै द्विपक्षीय सम्बन्ध, विश्वव्यापी चुनौतीहरू र व्यापारलगायतका मुद्दामा छलफल हुनेछ । इयु–चीन उच्चस्तरीय वार्ताको पछिल्लो शृङ्खलामा यो भ्रमण यस वर्षको अन्त्यमा इयु-चीन शिखर सम्मेलनसँगै सम्पन्न हुनुपर्ने इयुले बताएको छ । 

‘मेरा समकक्षी विदेशमन्त्री वाङ यीसँग इयु-चीन रणनीतिक वार्ताको सह-अध्यक्षता गर्न भर्खरै चीनमा ओर्लिएको छु’, बोरेलले ट्विटरमार्फत भने, ‘सरकारी अधिकारीहरू, विद्वान र व्यावसायिक प्रतिनिधिहरूसँग इयु-चीन सम्बन्ध तथा प्रमुख क्षेत्री र विश्वव्यापी चुनौतीहरूमा छलफल गर्न यो भ्रमण महत्वपूर्ण छ ।’

गत फेब्रुअरीमा युक्रेनमाथि रुसी आक्रमणपछि इयु र चीनबीचको सम्बन्ध तनावपूर्ण छ । उक्त युद्धलाई चीनले भर्त्सना गर्न छाडेको छ । 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ३ : ४६ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई