नेप्से परिसूचक २०.१६ अंकले घट्यो « Khabarhub

नेप्से परिसूचक २०.१६ अंकले घट्यो


२५ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २० दशमलव १६ अंकले घटेर एक हजार आठ सय ७४ दशमलव ६० को विन्दुमा कायम भएको हो ।

आज दुई सय ९२ कम्पनीको ७५ लाख ५८ हजार पाँच सय ४२ कित्ता शेयर ६२ हजार ४६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ७० करोड एक लाख २९ हजार आठ सय १५ बराबरको कारोबार भएको छ । कारोबार पछि कूल बजार पूँजीकरण २८ खर्ब ७२ अर्ब नौ करोड ९७ लाख ५७ हजार चार सय ९३ कायम भएको छ । 

आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव १६ प्रतिशतले बढ्दा अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक तीन प्रतिशत, निर्जीवन बीमा समूह एक दशमलव ५२ प्रतिशत र जलविद्युत् समूहको उपसूचक एक दशमलव ५९ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा २३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ । जसमध्ये दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र मध्य सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सबैभन्दा धेरै मूल्य घट्नेमा भने सिटी होटल लिमिटेडको शेयर मूल्य नौ दशमलव ०९ प्रतिशतले घटेको हो ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंक लिमिटेड प्रमोटर शेयर रू १६ करोड ३८ लाख ४८ हजार चार सय बराबरको १६ लाख ३८ हजार चार सय ८४ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ५ : २६ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।