विश्वकप क्रिकेट : अस्ट्रेलियासामु ३१२ रनको लक्ष्य « Khabarhub

विश्वकप क्रिकेट : अस्ट्रेलियासामु ३१२ रनको लक्ष्य


२५ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप, २०२३ अन्तर्गत अहिले  दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच खेल भइरहेको छ । दक्षिण अफ्रिकाले अस्ट्रेलियासामु जितका लागि तीन सय १२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको लखनउमा जारी खेलमा टस हारेर दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गरेको हो । दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरको खेलमा सात विकेट गुमाउँदै तीन सय ११ रन बनायो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डि ककले शतकीय पारी खेले ।

 उनले एक सय छ बल खेल्ने क्रममा आठ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक एक सय नौ रनको योगदान दिए । यस्तै एडेन माक्रमले ५६ रन बनाए । उनले ४४ बल खेल्दै सात चौका र एक छक्का हाने ।

यसैगरी कप्तान टेम्बा बभुमाले ५५ बल खेल्दै दुई चौकासहित ३५,  रास्सी भान डर डुसेन ३० बलमा दुई चौकासहित २६, हेनरिक क्लासेन २७ बल खेल्दै तीन चौकासहित २९, मार्को यानसनले २२ बलमा तीन चौका र एक छक्कासहित २६ तथा डेविड मिलरले १३ बल खेल्दै एक चौका र एक छक्कासहित १७ रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले दुई-दुई तथा एडम जाम्पा, जोश हेजलवुड र प्याट कमिन्सले एक-एक विकेट लिए ।

अहिले अष्ट्रेलियाले तीन सय १२ रनको विजय लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ । 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ६ : ५५ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ