सहयात्रीमा नै शान्ति प्रक्रियाबारे नकारात्मक प्रवृत्ति देखियो : प्रधानमन्त्री « Khabarhub

सहयात्रीमा नै शान्ति प्रक्रियाबारे नकारात्मक प्रवृत्ति देखियो : प्रधानमन्त्री


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखापरेको बताएका छन् ।

द्वन्द्व पीडित परिवारका आफन्त तथा परिवारले ‘सङ्क्रमणकालीन न्याय प्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो’ विषयक राष्ट्रिय परामर्श भेला गरी निकालेको निष्कर्ष पत्र प्रधानमन्त्री निवास बालुवाटारमा आज बुझ्दै प्रधानमन्त्री दाहालले भने, “शान्ति प्रक्रिया टुङ्ग्याउने विषयलाई पेचिलो बनाउने तथा प्रक्रियालाई टुङ्गोमा पु¥याउन सकस पैदा गर्ने कोसिस भइरहेको छ । शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको छ ।”

प्रधानमन्त्री दाहालले विभिन्न चुनौतिबीच आफुले माओवादी जनयुद्धमा संलग्न र द्वन्द्वबाट पीडित भएका सबैका समस्या समाधन र उनीहरूका पिडा पक्ष विपक्ष नभनेर समाधानको प्रयास गरिराखेको उल्लेख गरे । द्वन्द्व पीडित प्रहरीका परिवारलाई समेत आफुले भेटेको उनको भनाइ थियो ।

पछिल्लो पटक आफु संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा नेपालले भोगिरहेको समस्या र नेपालको शान्ति प्रक्रियाबारे विश्वको ध्यान आकर्षण हुने गरी महासभामा विषयको उठाउन गरेको प्रधानमन्त्री दाहालले बताए । उनले भने, “मैले नेपालको शान्ति प्रक्रिया मौलिक भएको र यसबाट विश्वले सिक्न सक्ने भन्दै महासभामा सम्बोधन गर्दा अन्तर्राष्ट्रियरूपमा नै तरङ्ग फैलिएको छ, महासभामा नेपालको शान्ति प्रक्रियालाई गम्भीर रुपले बलियोसँग राखिएको छ । यसले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण मात्रै गरेको नभई बधाई र धन्यवाद दिनेको ताती नै लागेको थियो ।”

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ९ : ४४ बजे

चाकु बनाउन व्यस्त छन् ललितपुरका व्यवसायी (तस्बिरहरू)

काठमाडौं– माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा चाकुको माग

समानुपातिकको छिद्रमा नेताको परेड, पुरानै पथमा रवि, बालेन र कुलमान

काठमाडौं – वैकल्पिक पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले

प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी

कर्णाली– लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी

चालु आर्थिक वर्षभित्रै पूर्वपश्चिम राजमार्गका १२ पुल मर्मत गरिँदै

कञ्चनपुर– महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पूर्वपश्चिम राजमार्गअन्तर्गत सुदूरपश्चिम खण्डमा

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

कास्की– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि