बुन्डेस लिगा : बायर्न म्युनिख शीर्षस्थानमा « Khabarhub

बुन्डेस लिगा : बायर्न म्युनिख शीर्षस्थानमा


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिख विजयी भएको छ । गएराति भएको खेलमा एफसी हेडेनहाइमलाई ४–२ गोलले पराजित गर्दै बायर्नले जित निकालेको हो ।

बायर्नको जितमा ह्यारी केनले दुई गोल गरेका थिए भने राफेल गुइरेइरो र एरिक मेक्सिम चौपो मोटिङले एक–एक गोल थपेका थिए ।

यस्तै, हेडेनहाइमका टिम क्लेइन्डिएन्स्ट र जान निकलास बेस्टेले एक–एक गोल फर्काएका थिए ।

यो जितसँगै बायर्न ११ खेलबाट २९ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित भएको हेडेनहाइम १० अंक सहित तालिकाको १३ औँ स्थानमा छ । 

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ६ : ३६ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी