भैरव वाहन गुल्ममा मनाइयो कुकुर तिहार « Khabarhub

भैरव वाहन गुल्ममा मनाइयो कुकुर तिहार


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यमपञ्चकको दोस्रो दिन आज मुलुकभर नरक चतुर्दशी र कुकुर तिहार मनाइएको छ । परम्परागत रुपमा आजका दिन नरक चतुर्दशी मनाउन स्थानीय धारा, पँधेरा, कुवा, खोला वा नदीमा नुहाएर तोरण टाँगी टपरीमा दियो बाली नर्के बगाइन्छ भने भैरवको वाहनका रुपमा कुकुरलाई पूजा गरी मिठो खाना खुवाइन्छ ।

हिन्दू परम्पराअनुसार कुकुरलाई यमलोकका राजा यमराजको दूतका रुपमा पनि लिने गरिन्छ । कुकुरलाई आदेशपालक, कर्तव्यनिष्ठ, अनुशासित र सुरक्षा दिने जनावरका रुपमा लिइन्छ ।

आज घरघरमा कुकुरलाई माला लगाइ पूजा गरी मिठो खाना दिइएको छ । यसैबीच नेपाली सेनाको भक्तपुरको सानोठिमीस्थित भैरव बहान गुल्ममा आज ७२ वटा कुकुरलाई एकसाथ पूजा गरिएको छ । सो अवसरमा तालिमप्राप्त कुकुरबाट विभिन्न ‘सैनिक डग कला प्रदर्शनी’ तथा सांस्कृतिक प्रस्तुति गराइयो ।

नेपाली सेनाका सहायक रथी विष्णु खड्काको उपस्थितिमा भएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न निकायका प्रमुख र नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो ।

गुल्मपति सेनानी गणेश अधिकारीले उक्त गुल्मभित्र सेनाको जिम्मेवारी, अतिविशिष्ट व्यक्तिको सवारी र कार्यक्रमपूर्व त्यहाँ हुनसक्ने सम्भावित दुर्घटनाबारे सूचना सङ्कलनका लागि कुकुरहरुको परिचालन, विभिन्न घटनामाथि त्यहाँ रहेका तालिमप्राप्त कुकुरहरुको प्रयोगबाट हुने अनुसन्धानको विधि र प्रक्रियाबारे जानकारी गराएका थिए ।

उक्त गुल्म २०६० साल वैशाख १ गते स्थापना भएको थियो । सो गुल्मले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा समेत कुकुर प्रयोग गर्दै आएको छ ।

हराएका हतियार फेला पार्न, बेपत्ता भएका नागरिकको खोजतलास, भूकम्प तथा प्राकृतिक प्रकोपमा हराएका वा पुरिएका व्यक्तिको खोजतलासमा पनि कुकुरको प्रयोगबाट सफलता मिल्दै आएको छ ।

यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरहरुको पनि आज सामूहिक रुपमा पूजा गरी मिठो खाना खुवाइएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  १ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै